कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित सात जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

52
Share
Featured
  • कैलालीमा प्रहरीले विभिन्न स्थानबाट सात जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा बिनय मिश्र, निखिल शाह, श्याम बम, बिबेक बराल, नबिन सुनार, राजकुमार राना र किसनलाल गुप्ता रहेका छन्।
  • उनीहरूको साथबाट बरामद गरिएको लागूऔषधसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कैलालीका विभिन्न स्थानबाट प्रहरीले सोमबार लागूऔषध (खैरो हेरोइन) सहित सात जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई फरक-फरक ठाउँबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा लम्की चोकबाट १६ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित रूपन्देहीका २३ वर्षीय बिनय मिश्र रहेका छन्। यस्तै, भजनीबाट निखिल शाह र श्याम बम, धनगढीको पशुपति टोलबाट बिबेक बराल र नबिन सुनार, सिमलघाटबाट राजकुमार राना तथा चौराहाबाट किसनलाल गुप्ता पक्राउ परेका छन्।

उनीहरूको साथबाट विभिन्न परिमाणमा खैरो हेरोइन बरामद गरिएको छ। पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचारमा

कैलालीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...