उम्मेदवारका रुपमा महेश वस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

27
Share
Featured
  • नेकपा एमालेले फागुन २१ का लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ, कतिपय क्षेत्रमा एकल नाम र केहीमा एकभन्दा बढी नाम पठाइएको छ।
  • भक्तपुर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल सिफारिस भएको छ; उनी २०७४ मा निर्वाचित भइसकेका थिए।
  • काभ्रे २ बाट गोकुल बास्कोटाको नाम पनि एकल सिफारिस भएको छ; अन्तिम निर्णय पार्टी केन्द्रले गर्ने छ।
समाचार सारांशGenerated using AI.


नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई दिएको निर्देशन अनुसार देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ ।

उम्मेदवार सिफारिसको क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा बढी नाम केन्द्रमा पठाइएको छ। यसै क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरिएको छ ।

बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा भने नेपाली काँग्रेसनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनसँग पराजित भएका थिए ।

जेनजी आन्दोलनको नाममा देशभर अराजक गतिविधि बढ्दै राजनीतिक दलहरूलाई अघोषित रूपमा प्रतिबन्ध लगाउने प्रयास भइरहेका बेला बस्नेतले राजनीतिक मैदानमा उत्रिएर त्यसको प्रतिवाद गरेका थिए ।

बस्नेत सक्रिय रूपमा सडक र राजनीतिक गतिविधिमा उत्रिएपछि एमालेका अन्य नेता तथा अन्य राजनीतिक दलहरू पनि क्रमशः सार्वजनिक रूपमा सक्रिय बनेका थिए।

यसैबिच, काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले नेता गोकुल बास्कोटाको नाम पनि एकल सिफारिस गरिएको छ । बास्कोटा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।

एकल नाम सिफारिस भएकोले यी निर्वाचन क्षेत्रबाट उनीहरू चुनाव लड्ने करिब निश्चित भएको छ । तथापि अन्तिम निर्णय भने पार्टी केन्द्रले गर्ने छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...