एन्फाको अर्ली इलेक्सनमा जाने निर्णय अवैधानिक छैन : महासचिव राई

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

38
Share
Featured
  • एन्फा महासचिव किरण राईले कार्यसमितिले अर्ली इलेक्सन गर्ने निर्णय अवैधानिक नभएको स्पष्ट पारेका छन्।
  • विधानअनुसार कार्यकाल घटाएर समयअघि निर्वाचन गर्न सकिने व्यवस्था रहेको र यो बहुसंख्यक सदस्यको निर्णय भएकाले लागू हुने उनले बताए।
  • वर्तमान कार्यसमितिको अवधि २०८३ असार ५ सम्म भए पनि एन्फाले माघ २८ मा झापामा करिब ५ महिना अघि निर्वाचन गर्ने निर्णय गरेको छ।
समाचार सारांशGenerated using AI.


अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिव किरण राईले संघले गरेको अर्ली इलेक्सनमा जाने निर्णय अवैधानिक नभएको स्पष्ट पारेका छन् । शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले कार्यसमितिले आफ्नो कार्य अवधिलाई घटाएर अगाडि नै निर्वाचन गर्छु भन्नु अवैधानिक नरहेको बताए ।
उनले भने,‘विधानमा चाँही चार वर्ष नै छ । यदी त्यस्तो अवस्था आयो भने चार वर्षभन्दा ६ महिना थप गर्न सक्छौं है भन्ने व्यवस्था विधानमा छ । त्यसैले कार्यसमितिले आफ्नो कार्य अवधिलाई घटाएर अगाडि नै निर्वाचन गर्छु भन्नु अवैधानिक हुँदैन । कार्यसमितिले अर्को कुनै कमिटी या संस्थाको अरु कसैको कार्यअवधि घटाएको भए मार पारेको अन्याय गरेको हुन्थ्यो । तर यो घटाउने निर्णय गर्ने अधिकार छ ।’

त्यस्तै उनले कार्यसमितिका बहुसंख्यक सदस्यको मतको आधारमा अर्ली इलेक्सनको निर्णय भएको भन्दै जसरी पनि निर्णय लागू हुने बताए । संस्थागत निर्णयको अगाडि व्यक्तिगत निर्णय कार्यान्वयन हुन नसक्ने भन्दै उनले बहुमतको निर्णय फरक मत भएकाहरुले पनि स्वीकार्नु पर्ने धारणा राखे ।

‘यदी कार्यसमितिमा यो बहुसंख्यक सदस्यले ठिक छ नभनेको भए यो निर्णय लागू हुन सक्दैनथ्यो । यो संस्थागत निर्णय भइसकेको छ । संस्थागत निर्णयको अगाडि व्यक्तिगत निर्णय या असन्तुष्टि कार्यान्वयन हुन सक्दैन । यो बहुमतको निर्णय फरक मत भएका साथिहरुले पनि स्वीकार्नुपर्छ,’उनले भने ।

वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल २०८३ असार ५ गते सकिने छ । तर एन्फाले आगामी माघ २८ गते झापामा करिब ५ महिना अघि नै कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरिसकेको छ,जसको कारण आलोचना बढीरहेको छ ।

यो समाचारमा

झापाकाठमाडौँकिरण राईअखिल नेपाल फुटबल संघ (एन्फा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...