संसद पुनःस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छ : जेनजी

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

27
Share
Featured
  • संयुक्त जेनजी आन्दोलनले एमाले–कांग्रेसले संसद पुनःस्थापना गरे पुनः सडक आन्दोलनमा जाने चेतावनी दिएको छ।
  • जेनजी नेताहरूले विघटित प्रतिनिधिसभा पुनःस्थापना प्रतिगामी कदम भएको दाबी गरेका छन्।
  • जेनजीको बलिदान र आन्दोलनको भावनालाई कमजोर पार्ने प्रयास स्वीकार्य नहुने उनीहरूको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसले संसद पुनस्र्थापना गरे उनीहरुविरुद्ध पुन : सडकमा जाने मिराज ढुंगानाको संयुक्त जेनजी आन्दोलनले चेतावनी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले संसद पुनःस्थापना सम्भव नरहेको बताएका छन् ।

आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले विघठित प्रतिनिधिसभालाई पुनःस्थापनाको मुद्दाले आफूहरुलाई झस्काएको बताएका छन् । विश्वकर्माले जेनजीको बलिदानको बलबाट भएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा पूरानाहरु सल्बलाउनु आन्दोलनमाथिको धोकाको संकेत भएको जनाएका छन्।

पहिला देशका सचिवालय सदस्य तथा जेनजी सुनिल सिंहले पुनःस्थापनाको विषय प्रतिगामी सोच र कदम हुने बताउँदै त्यसलाई कुनै पनि हालतमा रोक्नुपर्ने धारणा राखे । ‘विघठित संसद पुनःस्थापना गर्नु भनेको चिहानमा पुगेको कंकाललाई जिवित गर्नु सरह हो, त्यसैले यसविरुद्ध हामी कडा आन्दोलनका लागि तयार बन्नुपर्छ,’ सिंहले थपे ।

जेनजी नर्गिस थापाले आफूहरुले जेनजीका माग पुरा गराउन निरन्तर सडकमा रहेको जानकारी दिइन् । जेनजी अमृत कुमार बोहोरालगायतले नयाँ र पुरानाहरु मिलेर जेनजी आन्दोलनको भावनालाई मार्न लागेको आरोप लगाए ।

यो समाचारमा

नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...