राष्ट्रिय सभा निर्वाचन: कांग्रेस-एमालेबीच तालमेलको चर्चा तीव्र

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

32
Share
Featured
  • राष्ट्रियसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेस–एमाले चुनावी तालमेलको चर्चा तीव्र बनेको छ, ओलीले देउवालाई सहकार्य प्रस्ताव गरेका छन्।
  • तालमेलबारे कांग्रेसभित्र मतभेद देखिएको छ; केही पक्षमा, केही विपक्षमा छन्।
  • तालमेल भए १८ सिटमध्ये अधिकांश जित्ने सम्भावना, अन्तिम निर्णय भने उम्मेदवारी दर्ताअघि हुन सक्ने बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच चुनावी तालमेलको चर्चाले राजनीतिक वृत्त तातेको छ । एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले कांग्रेस सभापति शेर बहादुर देउबालाई राष्ट्रिय सभादेखि आगामी प्रतिनिधिसभा निर्वाचनसम्म सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

यो प्रस्तावसँगै कांग्रेसभित्र भने मतभेद देखिएको छ । केही नेताहरू गठबन्धनको पक्षमा छन् भने केहीले यसलाई पार्टीको नीतिविपरीत हुने बताएका छन् ।

पुस २३ गते उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा दलहरू समीकरण टुंग्याउने अन्तिम प्रयासमा छन् । यदि कांग्रेस र एमालेबीच तालमेल भएमा १८ सिटमध्ये अधिकांशमा उनीहरूको सहज जित हुने देखिन्छ । एक्लाएक्लै लड्दा भने कांग्रेस अधिकांश प्रदेशमा बलियो देखिए पनि कोशी प्रदेशमा एमाले अगाडि छ ।

यो निर्वाचनलाई आगामी आम निर्वाचनको 'अभ्यास' का रूपमा हेरिएको छ । समीकरणको अन्तिम टुंगो भने मनोनयन दर्ताको अघिल्लो दिनसम्म लाग्न सक्ने नेताहरूले बताएका छन् ।

यो समाचारमा

काठमाडौँकोशी प्रदेशशेर बहादुर देउबानेपाली काँग्रेस
खड्गप्रसाद शर्मा ओली6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...