कांग्रेसमा महाधिवेशन विवाद चर्कियो, आज कार्यसम्पादन समिति बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

51
Share
Featured
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजे सानेपामा बस्दैछ।
  • महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १५औँ नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन आह्वानको प्रस्ताव गरेका छन्।
  • सभापति देउवा पक्ष र महामन्त्री पक्षबीच अधिकार र समयबारे विवाद चर्किएकाले बैठकबाट महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाली काँग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद चर्किएका बेला आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

पुस २६ गतेदेखि हुने भनिएको १५औँ नियमित महाधिवेशन अनिश्चित बनेपछि बिहीबार साँझ महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन आह्वान गरेका थिए । उनीहरूले पुस २७-२८ का लागि भृकुटीमण्डपमा हल समेत बुकिङ गरिसकेका छन् ।

यता, सभापति शेर बहादुर देउबाले भने प्रतिनिधि सभाको चुनावअघि महाधिवेशन सम्भव नभएको बताउँदै आएका छन् । संस्थापन पक्षले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको तर्क गरिरहेको छ ।

यही पेचिलो अवस्थामा बस्न लागेको कार्यसम्पादन समितिको बैठकलाई निकै चासोका साथ हेरिएको छ । बैठकले महाधिवेशनको विवादबारे महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ ।

यो समाचारमा

शेर बहादुर देउबानेपाली काँग्रेसकाठमाडौँविश्वप्रकाश शर्मा
प्रतिनिधि सभा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...