नेपालको विविधता नै राष्ट्रिय शक्ति : मुख्यमन्त्री कडेल

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

38
Share
Featured
  • विविधता नै राष्ट्रिय शक्ति: मुख्यमन्त्री यामलाल कँडेलले नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश भएको भन्दै विविधताबीचको सहअस्तित्वले समाजलाई सुदृढ बनाएको बताए।
  • सद्भाव र विश्वासको आवश्यकता: चाडपर्वहरू मेलमिलाप र एकता बढाउने अवसर भएकाले विविधतालाई एकतामा रूपान्तरण गर्न विश्वास, सहिष्णुता र आपसी सम्मान आवश्यक रहेको उनको भनाइ छ।
  • प्रदेश सरकारको प्रतिबद्धता: कर्णाली प्रदेश सरकारले सबै धर्म, संस्कृति र समुदायलाई समान सम्मान र अवसर दिँदै धार्मिक तथा सांस्कृतिक सहिष्णुता प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिरहेको उनले स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतायुक्त देश भएको उल्लेख गर्दै विविधता नै राष्ट्रिय शक्ति भएको बताएका छन् ।

उनले विविध संस्कृतिहरू, भाषा, धर्म, पहिचान र मूल्य–मान्यताबीचको सहअस्तित्वले नेपाली समाजलाई अझ सुदृढ बनाएको बताए।

क्रिसमस तथा नयाँ वर्ष २०२६ को सुखद उपलक्ष्यमा सुर्खेतमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश भएकाले सबै समुदायबीच आपसी सम्मान, सद्भाव र विश्वास कायम राख्न जरुरी रहेको बताए।

चाडपर्वहरू विश्वास र मेलमिलाप बढाउने अवसर भएकाले तिनलाई समाजलाई जोड्ने माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।

मुख्यमन्त्री कँडेलले विश्वास, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि गर्दै चाडपर्व मनाउन सकिए विविधतालाई एकतामा रूपान्तरण गर्न सकिने बताए।

विविधतालाई खलल पु-याउने कुनै पनि प्रयासलाई सबै मिलेर अस्वीकार गर्नुपर्ने उल्लेख गर्दै उनले समाजमा विभाजन ल्याउने गतिविधिहरूबाट सतर्क रहन आग्रह गरे।

समाज आपसी भरोसा र विश्वासको जगमा अघि बढिरहेको उल्लेख गर्दै उनले पछिल्लो समय सामाजिक सद्भावको वातावरण थप मजबुत बन्दै गएको बताए।

सबै समुदायलाई निर्भीकतापूर्वक आफ्ना धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारले धार्मिक तथा सांस्कृतिक सहिष्णुता प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गरे। सबै धर्म, संस्कृति र समुदायलाई समान सम्मान र अवसर प्रदान गर्ने गरी प्रदेश सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। विविधतालाई संरक्षण गर्दै एकता मजबुत बनाउन सकिए मात्र समृद्ध र समावेशी समाज निर्माण सम्भव हुने मुख्यमन्त्री कँडेलले बताए।

यो समाचारमा

काठमाडौँसुर्खेतकर्णाली प्रदेशक्रिसमस
यामलाल कँडेल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...