राष्ट्रिय तथ्यांक दिवसलाई आधिकारिता प्रदान गर्न जोड

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

44
Share
Featured
  • राष्ट्रिय तथ्यांक दिवसको आवश्यकता: मुख्य सचिव सुमनराज अर्यालले तथ्यांक दिवसलाई आधिकारिक रूपमा “राष्ट्रिय तथ्यांक दिवस”को रूपमा मनाउन आवश्यक भएको बताएका छन्।
  • तथ्यांकको महत्व: उनले तथ्यांक केवल प्राविधिक विषय नभई समग्र शासकीय सुशासन र निर्णय प्रक्रियाको महत्वपूर्ण पक्ष भएको बताए।
  • आधुनिकरण र प्रविधि उपयोग: २१औँ शताब्दी अनुरूप तथ्यांक प्रणाली विकास गर्न र जनगणनालाई प्रविधिसँग जोड्न आवश्यक रहेको उनले जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले तथ्यांक दिवसलाई राष्ट्रिय तथ्यांक दिवसको रुपमा मनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित तथ्यांक दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले तथ्यांकलाई आधिकारिक मानिएकाले अब दिवसपनि आधिकारिक रुपमा मनाउनुपर्ने बताए ।

उनले भने,‘तथ्यांक दिवसलाई राष्ट्रिय तथ्यांक दिवसको रुपमा मनाउन म आग्रह गर्न चाहन्छु । यसको लागि मैंले गर्नुपर्ने काम के हो त्यो भनिदिनुहोला, म त्यो गर्न तयार छु । तथ्यांकलाई आधिकारिक भनिराखेको छौं । दिवसलाई पनि आधिकारिक तथ्यांक दिवस मनाउनेतिर लागौं ।’

त्यस्तै उनले तथ्यांक केवल प्राविधिक विषय मात्र नभएर समग्र शासकीय सुशासन पक्षको ठूलो पक्ष भएको धारणा राखे । तथ्यांकलाई प्राविधिक भाष्यमात्र मात्र दिएर नहुने भन्दै त्यो सोचलाई परिवर्तन गर्न आवश्यक रहेको उनले बताए ।

मुख्य सचिव अर्यालले तथ्यांक प्रणालीलाई २१ औं शताब्दी सुहाउँदो बनाउनुपर्ने धारणा राखे ।

उनले भने,‘यो प्राविधिक विषय मात्र होइन् । समग्र शासकीय सुशासनको पक्ष हो । त्यसैले यसलाई प्राविधिक भाष्यमात्र मात्र दिएर सुख पाउँदैनौं र त्यस्तो सोचलाई परिवर्तन गर्नुपर्छ । तथ्यांक प्रणाली २१ औं शताब्दी सुहाउँदो होस् हामीले खोजेको त्यति मात्र हो । अनि मात्र खोजेको सबै कुराको सम्बोधन हुन सक्छ’ उनले भने ।

जनगणनाको स्वरुपलाई फरक ढंगबाट हेर्ने जमात आएको भन्दै यसलाई प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...