नेपाली राजनीतिमा २०२५ : इतिहासकै दुर्लभ घट्नाले मुलुक नयाँ मोडमा

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

27
Share
Featured
  • राजनीतिक अस्थिरता र आन्दोलन: गठबन्धन सरकार अस्थिर रहँदा जेनजी आन्दोलन, शिक्षक आन्दोलन र राजावादी प्रदर्शनले देशभर हिंसात्मक र विध्वंसात्मक गतिविधि फैलायो।
  • प्रधानमन्त्रीको राजीनामा र नयाँ सरकार: केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भयो र निर्वाचन तयारी अघि बढाइयो।
  • पार्टी एकता र युवा शक्ति उदय: माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० पार्टीले एकता घोषणा गरे, एमाले महाधिवेशनमा ओली पुनः अध्यक्ष बने र नयाँ राजनीतिक दलहरूको दर्ताले चुनावी विविधता बढायो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सन् २०२५ नेपालका लागि राजनीतिक दृष्टिले उल्लास र चुनौतीले भरिएको वर्ष रह्यो । राजनीतिक अस्थिरताका कारण देशमा ठूलो विध्वंश समेत भयो । तत्कालीन सत्ता साझेदार दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसलगायतको अहमतपूर्ण निर्णयले देशको राजनीतिमा उतलपुथल ल्यायो ।

जेनजी पुस्ताको विद्रोहले देशको नेतृत्व, राजनीतिक दलहरू, युवा शक्ति, र सामाजिक आन्दोलनको स्वरूपलाई पूर्ण रूपमा फरक ढंगले परिभाषित समेत गरेको छ ।

यस वर्षको सुरुवातमै राजनीतिक दलहरूबीच गठबन्धन र विवादको परिस्थितिले देशभरि चर्चा पाउनुकासाथै जनतामा विभिन्न प्रकारका आक्रोस र असन्तुष्टिसमेत पैदा भयो । जसको फलस्वरुप जेनजी आन्दोलनको उत्पति भयो । जसले पूराना नेतृत्व दलहरुलाई चुनौती समेत दिएको छ ।

सामाजिक आन्दोलनको दृष्टिले पनि ०२५ वर्ष महत्वपूर्ण रह्यो । विभिन्न क्षेत्रीय, आर्थिक, र सामाजिक मुद्दाहरूमा नागरिकहरू सडकमा आए, जसले सरकार र राजनीतिक दलहरूलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्यो । यो वर्षमा महिलाहरू र सामाजिक वर्गका प्रतिनिधिहरूले नेतृत्व र निर्णय प्रक्रियामा आफ्नो स्थान बलियो बनाउन कदम चाले ।

राजनीतिक उल्लासका पक्षहरूमा चुनावी प्रतिस्पर्धा, नयाँ राजनीतिक विचारधारा, र सुधारमुखी एजेण्डाहरूलाई प्राथमिकता दिइयो भने चुनौतीहरूमा भ्रष्टाचार, नीति निर्माणमा ढिलाइ र राजनीतिक अस्थिरता प्रमुख रहे ।

त्यसैगरी ०२५ ले नेपाललाई भविष्यका लागि सुदृढ लोकतान्त्रिक संरचना निर्माण गर्ने अवसर र चेतावनी दुवै प्रदान गरेको गरेको छ । वितेको एक वर्ष प्रारम्भमा केही सकारात्मक सन्देशहरु पैदा भएपनि वर्षको मध्यतिर आइपुग्दा अस्थिरताले गाँज्न पुग्यो ।

गठबन्धन सरकार

–यस वर्षको सुरुमै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेका थिए । एमाले र नेपाली कांग्रेस गठबन्धनमा प्रधानमन्त्री बनेका ओलीले राष्ट्रवादी विचारलाई स्थापित गरेपनि निरंकुश रुपमा सत्ता चलाउँदा देशमा विध्वंश मच्चियो ।

राजावादी आन्दोलन

गत चैत्र १५ गते राजतन्त्र पुनस्र्थापना र हिन्दू राष्ट्रको माग राख्दै तीनकुनेमा ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारी, सुरक्षाकर्मीबीच झडप भएको थियो । जसमा पत्रकार सुरेश रजतले आफ्नो ज्यान गुमाए । रविन्द्र मिश्र, धवलशम्सेर जवरा, दुर्गा प्रसाईंलगायतका नेता एवं अभियन्ताहरु पक्राउ परे ।

शिक्षक आन्दोलन

यसैबर्ष देशभरका शिक्षकहरु काठमाडौं जम्मा भएर बृहत आन्दोलन गरे । नेपाल शिक्षक महासंघलगायतको अगुवाइमा भएको आन्दोलनले हप्तौंसम्म काठमाडौंका सडकहरु अस्तव्यस्त रहे ।

सरकारले ल्याएको शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले रोजगार सुरक्षा, सुविधा र अधिकारका लागि व्यापक आन्दोलन सुरु गरेका थिए । काठमाडौँमा लामो समयसम्म प्रदर्शन, श्रेणी १२ परीक्षा स्थगन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा जस्ता घटनाहरु भए।

इतिहासमै सबभन्दा ठूलो राजनीतिक संकट

केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको विषय अन्ततः जेनजी पुस्ताको आन्दोलन निम्तायो । जसले इतिहासकै भिषण र विध्वंसात्मक आन्दोलन भयो । जसका कारण अर्बौंको भौतिक क्षति भएको छ । फेसबुक,युट्युव इन्सटाग्राम लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवा वर्गमा ठूलो आक्रोस् उत्पन्न भयो।

गत भाद्र २३ र २४ गतेको सो घटना २०२५ को सबैभन्दा निर्णायक राजनीतिक मोड मानिन्छ । नेतृत्वहीन युवा विरोध आन्दोलन नेपालको विभिन्न सहरहरुमा फैलियो, भ्रष्टाचार, तथा सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलन व्यापक हिंसात्मक बनेर संसद, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी भयो। कम्तीमा ७० भन्दा बढीको ज्यान गयो भने हजारौं घाइते भए।

प्रधानमन्त्री राजीनामा

जेनजी आन्दोलनपछि केपी शर्मा ओलीले ९ सेप्टेम्बर मा राजीनामा गरे । जुन नेपालमा राजनीतिक इतिहासमा एक ठूलो मोड थियो । अधिकांश नेताहरु सैनिक नियन्त्रणमा रहेभने मुलुकमा सैनिक शासनको व्यापक चर्चा भयो । तथापी, राष्ट्रपति रामचन्द्र पौडेलको सुझवुझपूर्ण कदमले मुलुकले नयाँ अन्तरिम सरकार पायो । १२ सेप्टेम्बर २०२५ मा सुशीला कार्कीक नेतृत्वमा अन्तरिम सरकार गठन भयो। संघीय संसद विघठनत गरियो र प्रतिनिधि सभा निर्वाचनको घोषणा गरियो ।

ठूला पार्टीबीच एकता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका १० पार्टीबीच कार्तिक १९ मा एकता घोषणा भयो ।

कांग्रेस दलभित्र १५औँ महाधिवेशन कहिले गर्ने भन्नेमा ठूलो विवाद रह्यो। एक समूहले चुनावभन्दा पहिले गर्न माग गर्यो भने शेर बहादुर देउवा पक्षले चुनावपछि गर्ने पक्षमामा अडिग रहँदा नेपालको ठूलो र पूरानो पार्टी कांग्रेस अन्योलताको भूमिरीमा फस्यो ।

जेनजी समूह फेरि सडकमा

२४–२६ नोभेम्बरमा केही युवा समूहले फेरि विरोध प्रदर्शन गरे, जसमा तत्कालीन प्रधानमन्त्रीसँग भेट हुन नसक्दा उनीहरू असन्तुष्ट देखिए । गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनीहरु सडकमा उत्रिए । केही युवाहरु अझै आन्दोलन र अनसनमा सक्रिय छन् ।

एमालेमा नयाँ नेतृत्व

१४–१६ डिसेम्बरमा एमाले महाधिवेशन गर्यो जसमा केपी शर्मा ओली लगातार तेस्रो पटक अध्यक्ष चुनिए । यता, २०२६ को चुनावका लागि ११४ दल दर्ता भए । निर्वाचन आयोगले ११४ दललाई चुनावमा भाग लिन स्वीकृति दियो, जसले विविध विकल्प र नयाँ राजनीतिक शक्ति उदय भइरहेको छ भन्ने देखायो । डिसेम्बरमा नै सहकारी ठगी मुद्दामा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने थुना मुक्त भए । कुलमान घिसिङ,रवि लामिछाने र बालेन शाहबीचको एकता प्रमुख चर्चाको विषय बनेको छ ।

यो समाचारमा

पुष्पकमल दाहालमाधवकुमार नेपालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एमाले)
खड्गप्रसाद शर्मा ओली6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...