प्रचण्डद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना, राजनीतिक स्थिरता र समृद्धितर्फ राष्ट्रिय एकताको आह्वान

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

28
Share
Featured
  • संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०२६ ले देशलाई राजनीतिक स्थिरता, शान्ति, समृद्धि र सफलताको मार्गमा अघि बढाओस् भन्ने कामना गरेका छन्।
  • सहिद तथा संघर्षका उपलब्धिहरूको संरक्षण गर्दै समावेशी, उन्नत समाज निर्माण र समाजवादतर्फ अघि बढ्न उनले अपील गरेका छन्।
  • जेनजी युवाआन्दोलनले सुधारको आवश्यकता देखाएको उल्लेख गर्दै राष्ट्रिय एकता, निष्पक्ष निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत उनले नयाँ वर्षले नयाँ आशा, ऊर्जा र संकल्पसहित देशलाई राजनीतिक स्थिरता, शान्ति, समृद्धि र सफलताको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले विभिन्न कालखण्डका संघर्षमा सहिद, बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्न अपील गरेका छन्।

संयोजक प्रचण्डले सन् २०२५ मा देखिएको जेनजी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ संकेत दिएको उल्लेख गर्दै यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको बताएका छन्। साथै, संविधान निर्माणका क्रममा फरक मतका रूपमा अघि सारिएका एजेन्डाहरूको औचित्य पनि पुष्टि भएको उनको भनाइ छ।

वर्तमान तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै सामाजिक न्याय, आर्थिक समृद्धि र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेर समृद्धिसहित समाजवादको यात्रा सम्भव रहेको उल्लेख गर्दै उनले नयाँ वर्ष २०२६ ले सबैको जीवनमा सुख, स्वास्थ्य र सफलता ल्याओस् भन्ने कामना गरेका छन्।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...