अंग्रेजी नयाँ वर्ष : आशा, अनिश्चितता र नेपाली पर्यटनको पुन:उत्थानको खोज

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार १४:२१

25
Share
Featured

काठमाडौँ

वर्षको अन्त्यसँगै अंग्रेजी नयाँ वर्ष नजिकिँदा विश्वभर पर्यटन उद्योग चलायमान हुन्छ । नेपालमा पनि यो समयलाई अफ–सिजनको बीचमा पर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा लिइन्छ ।

यो छोटो अवधिमा विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिन्छ, जसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र मनोरञ्जन क्षेत्रलाई केही समयका लागि भएपनि ऊर्जा प्रदान गर्छ । तर यस वर्षको अंग्रेजी नयाँ वर्ष अघिल्लो वर्षझैँ सहज र उत्साहजनक नदेखिएको सरोकारवालाहरु बताउँछन् ।

कोभिड–१९ महामारीपछि विस्तारै सुधारको बाटोमा लागेको नेपाली पर्यटन क्षेत्र हालै भएको जेन्जी आन्दोलन, सामाजिक अस्थिरता र सुरक्षा सम्बन्धी अनिश्चितताका कारण फेरि एकपटक चुनौतीको सामना गरिरहेको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा पर्यटन व्यवसायी तथा ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले हालको अवस्था तत्कालीन भएपनि यसले पर्यटन क्षेत्रको दीर्घकालीन भविष्यप्रति गम्भीर प्रश्नहरू उठाएको उनले बताएका छन् ।

कोभिडपछि उठ्दै गरेको पर्यटन क्षेत्रमा, फेरि अवरोध
कोभिड महामारीले लगभग ठप्प बनेको पर्यटन उद्योग पछिल्ला दुई वर्षमा बिस्तारै लयमा फर्किदै गर्दा होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनीदेखि यातायात व्यवसायसम्मले सुधारको संकेत देख्न थालेका थिए । ‘कोभिडपछि पर्यटन क्षेत्रले पुनःउत्थानको स्पष्ट संकेत दिएको थियो। अब बिस्तारै स्थिर रूपमा अगाडि बढ्छ भन्ने विश्वास थियो,’ शर्मा बताउँछन्।

तर २०२३–२४ को सिजनमा भएको जेनजी आन्दोलनले यो आशामा धक्का दियो । विदेशी पर्यटकहरू आन्दोलन, सडक अवरोध र सुरक्षासम्बन्धी समाचारप्रति अत्यन्त संवेदनशील हुने भएकाले छोटो समयमै आगमन घटेको व्यवसायी शर्माको अनुभव छ । यद्यपि, आन्दोलन लामो समयसम्म नचलेको र अवस्था छिट्टै सामान्यतर्फ फर्किएकाले पर्यटनले पूर्ण रूपमा ध्वस्त अवस्था भने भोग्नुपरेन ।

क्रिसमस र नयाँ वर्ष : छोटो तर निर्णायक सिजन
नेपाली पर्यटन व्यवसायीहरूका लागि क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवधि करिब १०–१५ दिनको छोटो तर निर्णायक सिजन हो। यही समयमा अफ–सिजनको बीचमा पनि होटलहरू भरिने, रेस्टुरेन्ट र बारहरू चलायमान हुने र आन्तरिक तथा बाह्य पर्यटनमा चहलपहल बढ्ने गर्छ ।
‘यो समय विदेशीभन्दा बढी स्वदेशी पर्यटकलाई लक्षित गरेर प्याकेजहरू ल्याइन्छ,’ व्यवसायी शर्मा बताउँछन् । सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र प्रत्यक्ष नेटवर्कमार्फत प्रचारप्रसार गर्ने चलन बढ्दो छ । तर यस वर्ष वातावरण पूर्ण रूपमा अनुकूल नभएकाले व्यवसायीहरू पनि उत्साहभन्दा बढी सतर्कताका साथ अगाडि बढिरहेका छन् ।

ठमेल : आशा बोकेको केन्द्र, तर चुनौती
काठमाडौंको ठमेल क्षेत्र नेपाली पर्यटनको मुटु मानिन्छ । होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, पसल र मनोरञ्जन केन्द्रहरूको घनत्वले ठमेललाई पर्यटकको पहिलो रोजाइ बनाएको छ । अघिल्ला वर्षहरूमा अंग्रेजी नयाँ वर्षको इभमा ठमेलमा एक लाखभन्दा बढीको उपस्थिति हुने गरेको थियो । तर यस वर्ष भने अवस्था केही फरक देखिन्छ । ‘गत वर्षजस्तो ठूलो भीड सम्भवतः नआउला,’ व्यवसायी शर्मा भन्छन्, ‘तर ५० देखि ६५ प्रतिशतसम्मको उपस्थिति भए पनि यसलाई सकारात्मक रूपमा लिनुपर्छ।’

ठमेल अझैपनि पर्यटकका लागि अपरिहार्य गन्तव्य किन बनेको छ भन्ने प्रश्नमा उनी स्पष्ट छन् । उनले भने, ‘ठमेलमा आएपछि पर्यटकले नेपालभर घुम्न आवश्यक सम्पूर्ण जानकारी, आफ्नो बजेटअनुसार बस्न, खान र मनोरञ्जन गर्न सक्ने विकल्प पाउँछन्। यही कारणले यसको विकल्प तत्काल देखिँदैन ।’

सुरक्षा, प्रशासन र विश्वासको सवाल
पर्यटन केवल प्राकृतिक सौन्दर्य र पूर्वाधारमा मात्र निर्भर हुँदैन, यसका लागि सबैभन्दा महत्वपूर्ण पक्ष सुरक्षा र विश्वास हो। पछिल्लो समय सुरक्षाको विषयमा देखिएको अन्योलले पर्यटक र व्यवसायी दुवैलाई सोच्न बाध्य बनाएको छ।

नयाँ वर्षका कार्यक्रमलाई सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पर्यटनसम्बन्धी संस्थाहरूबीच छलफल भइरहेको व्यवसायी शर्माले जानकारी दिए । ‘पर्यटकलाई ठमेल सुरक्षित छ भन्ने सन्देश दिन सकिएन भने त्यसको प्रत्यक्ष असर आगमनमा पर्छ,’ उनी भन्छन्।

उनका अनुसार रात्रीकालीन कार्यक्रमभन्दा दिउँसो केन्द्रित गतिविधि सुरक्षित र व्यवस्थित हुनसक्छन् । यो सुझाव विगतका अनुभव र वर्तमान संवेदनशील परिस्थितिबाट आएको हो।

दीर्घकालीन समस्या, दीर्घकालीन समाधान
नेपाली पर्यटनको समस्या सिजनल मात्र होइन, संरचनागत पनि हो । अफ–सिजन र सिजनको विभाजन, अपर्याप्त योजना, निकायबीच समन्वयको कमी र नीति कार्यान्वयनको कमजोरी दीर्घकालीन चुनौतीका रूपमा देखिन्छन् ।
उनले भने, ‘राज्य, स्थानीय तह, निजी क्षेत्र र पर्यटन विज्ञ मिलेर दीर्घकालीन गुरुयोजना बनाउनु जरुरी छ ।’ ठमेलका लागि तयार गरिएको गुरुयोजना अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसक्नु यसकै उदाहरण हो।

२४ सै घण्टा ठमेल सञ्चालनसम्बन्धी आचारसंहिता बनेपनि कार्यान्वयन नहुँदा अव्यवस्था र गलत गतिविधि बढेको गुनासो व्यवसायीहरूमा छ । सही नियमनसहित कार्यान्वयन भए ठमेल अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय हब बन्न सक्ने सम्भावना अझै बाँकी रहेको उनीहरूको विश्वास छ।

निराशा होइन, सकारात्मक सोचको खाँचो
हाल पर्यटन व्यवसायीहरूमा व्यापक उत्साह देखिँदैन। लगानी जोखिममा परेको अनुभूति, अनिश्चित वातावरण र नीतिगत अस्पष्टताले व्यवसायीहरूलाई सतर्क बनाएको छ। तर यस अवस्थालाई निराशाको रूपमा मात्र लिनु समाधान नभएको शर्मा बताउँछन्।

‘हामीसँग यो क्षेत्र छोडेर जाने विकल्प छैन। नराम्रो अवस्थाबाट पनि सकारात्मक बाटो खोज्नु नै हाम्रो बाध्यता र अवसर दुवै हो,’ उनी भन्छन्।
उनले पर्यटन क्षेत्रलाई सामाजिक गतिशीलताको माध्यमका रूपमा पनि व्याख्या गरे। उनले भने, ‘यो यस्तो क्षेत्र हो जहाँ भारी बोक्ने आजको श्रमिक भोलिको व्यवसायी बन्न सक्छ। यही विशेषताले पर्यटनलाई अन्य क्षेत्रभन्दा फरक बनाउँछ।’

स्वदेशी पर्यटन : उपेक्षित तर सम्भावनायुक्त
नेपालमा पर्यटन भन्नासाथ विदेशी पर्यटक मात्र सम्झिने प्रवृत्ति अझै बलियो छ। तर हालको अवस्थामा स्वदेशी पर्यटन नै उद्योगलाई धान्ने आधार बन्न सक्छ।
‘हामी नेपालीहरू विदेश घुम्न रमाउँछौँ, तर आफ्नै देश कति बुझेका छौँ?’ शर्माको प्रश्न छ । उनका अनुसार हरेक नेपालीले आफ्नो देशको भूगोल, संस्कृति र सम्पदाबारे जान्न आवश्यक छ ।
स्वदेशी पर्यटन प्रवद्र्धनले रोजगारी सिर्जना, क्षेत्रीय विकास र राष्ट्रिय एकताको भावना बलियो बनाउन सक्ने विश्लेषण उनी गर्छन्।

१२ महिने पर्यटनको सम्भावना
नेपालसँग बुद्ध जन्मस्थल लुम्बिनी, पशुपतिनाथ मन्दिर, सगरमाथा (माउन्ट एभरेस्ट), विविध संस्कृति र अद्वितीय प्रकृति जस्ता विश्वस्तरीय सम्पदा छन्। सही योजना, लक्षित मार्केटिङ र सुरक्षा प्रत्याभूत गर्न सके नेपाललाई १२ महिने पर्यटकीय गन्तव्य बनाउन सकिने व्यवसायीहरूको निष्कर्ष छ ।
‘भारत र चीनजस्ता छिमेकी बजारलाई लक्षित गरेर व्यवस्थित प्रचार गर्न सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिन्छ,’ उनी भन्छन्।

संकटभित्रको अवसर
क्रिसमस र अंग्रेजी नयाँ वर्षले पर्यटन क्षेत्रमा आशाको झिल्को देखाएपनि यसले नेपाली पर्यटनको दीर्घकालीन कमजोरीहरू उजागर गरेको छ । संकटको यो घडिमा राज्य, निजी क्षेत्र र समाज मिलेर सकारात्मक सोच, स्पष्ट योजना र प्रभावकारी कार्यान्वयनतर्फ नलागे पर्यटनको सम्भावना अधुरै रहनेछ। तर यदि अहिलेको चुनौतीलाई अवसरका रूपमा लिएर सुधारतर्फ अघि बढ्न सकियो भने, नेपाली पर्यटन फेरि उठ्ने मात्र होइन, विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने आधार अझै जीवित छ।

यो समाचारमा

काठमाडौँलुम्बिनीसगरमाथा (माउन्ट एभरेस्ट)पशुपतिनाथ मन्दिर

ट्यागहरू

#जेनजी पुस्ता#जेनजी आन्दोलन#व्यवसायी#पर्यटन#कम्पनी#क्रिसमस#पर्यटक#कार्यक्रम#सगरमाथा#जेनजी#पशुपतिनाथ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पदाको रक्षक हुँ, अब जनताको सेवक बन्छु, काठमाडौं ८ बाट चुनाव जित्छु : राजन खड्गी

    काठमाडौँउज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनेका राजन खड्गीले आफूले घरदैलो अभियानका क्रममा जनताहरुबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् ।मतदाताहरू परिवर्तनको पक्षमा उभिएका कारण नयाँ पुस्तालाई भोट दिने पक्षमा रहेको उनले दाबी गरे । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा खड्गीले पार्टी अध्यक्ष कुलमान घिसिङप्रति जनताको

    sajilo patrika

    नुवाकोटमा गौरव गर्न लायक काम गरेको छु, मतदाताप्रति विश्वस्त छु : डा.प्रकाश शरण महत

    चुनावी दौडमा रहेकी सपनाको भावुक प्रश्न : आखिर किन तोडियो उहाँको सालिक ?

    भक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री

    नयाँ पुस्ताप्रति मतदाता विश्वस्त छन्, त्यसैले तेह्रथुमको लिड गर्दैछु : सन्तोष सुब्बा

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू