चुनावी दौडमा रहेकी सपनाको भावुक प्रश्न : आखिर किन तोडियो उहाँको सालिक ?

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार

38
Share
Featured


७९ साल चैत १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं ढोकाटोलमा रहेको दिवंगत पूर्वमन्त्री नवीन्द्रराज जोशीको प्रतिमा अनावरण गर्दै जोशीको योगदानको स्मरण गरेका थिए ।

जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने नेताका रुपमा चित्रण गरेका थिए । सोही समारोहमा जोशीको धर्मपत्नी सपना राजभण्डारी भावुक चेहेरामा सहभागि थिइन् ।

त्यसक्रममा सपनाले भनेकी थिइन,‘कसैको जीवनलाई समाजमा जीवन्त राख्न प्रतिमा स्थापना गर्नु राम्रो हो । उहाँले लिनुभएको राजनीतिक लक्ष्य पूरा गर्न तयार छु ।’
तर अनावरणको तीन बर्ष पूरा हुन नपाउँदै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा सालिक तोडियो । आन्दोलनकारीहरुले सालिक फोडे । तर एकजना तरकारी पसलेले फालिएको सालिक बोराले बेरेर लुकाइदिएछन् ।

‘उहाँ सबैको प्रिय हुनुहुन्थ्यो, जनताका लागि धेरै काम गर्नुभएको थियो । सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा सँधै उभिनुभयो । तरपनि सालिक तोडियो, हाम्रो घरमा तोडफोड गरियो । किनहोला ?’ सपनाले भावुक हुँदै भनिन्,‘आज हाम्रो सडकमा गुड्ने सफा टेम्पो उहाँकै पालामा आएको हो, टुँडिखेल उहाँले नै खाली गराउनुभयो । औषधी उद्योगलाई प्रोत्साहित गर्न धेरै काम गर्नुभयो । राम्रो काम गरेर जनताको मनमा बस्नुभएको थियो । सार्है सहज हुनुहुन्थ्यो । राम्रो छवि बनाउनुभएको थियो तरपनि आक्रमण गरियो नि ।’

तरकारी पसलेले बोराले बेरेर राखिएको सालिक घरमा ल्याएर राखेको बताएकी सपनाले नवीन्द्रराजको स्मृतिमा पुनः सालिक स्थापना गरिने बताइन् । चाक्सीबारीस्थित गणेशमान सिंह निवास, कुसुनजीको आश्रम र विराटनगरस्थित कोइराला निवासमा आगजनी भएकोप्रति पनि उनले दुःख व्यक्त गरिन् ।

वि.स २०१९ पुस २२ गते काठमाडौँमा जन्मिएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो । संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, गणेश मान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा सक्रिय रहेका उनी स्वच्छ छवीका नेताका रुपमा चिनिएका थिए ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रत्यक्षतर्फ उम्मेद्वार रहेकी सपना राजभण्डारीले नवीन्द्रको इमान्दारीता, निष्ठा र सपनालाई साकार पार्न आफू सक्रिय रहेको प्रतिक्रिया समेत दिइन् ।

युवा र उद्यमशीलताको क्षेत्रमा, काठमाडौंको दिगो विकास र विश्व सम्पदाहरूको संरक्षणमा जोड दिएकी उनले निष्ठाको राजनीतिबाट पनि स्थापित हुन सकिन्छ भन्ने नवीन्द्रको दृष्टिकोणलाई अपुरो रहन नदिने संकल्प समेत गरेकी छिन् । प्रत्यक्ष चुनावी अभियानमा रहेकी उनले आफूलाई मतदाताले जिताउने अपेक्षा राखेकी छिन् ।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेलसपना राजभण्डारीगणेश मान सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पदाको रक्षक हुँ, अब जनताको सेवक बन्छु, काठमाडौं ८ बाट चुनाव जित्छु : राजन खड्गी

    काठमाडौँउज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनेका राजन खड्गीले आफूले घरदैलो अभियानका क्रममा जनताहरुबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् ।मतदाताहरू परिवर्तनको पक्षमा उभिएका कारण नयाँ पुस्तालाई भोट दिने पक्षमा रहेको उनले दाबी गरे । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा खड्गीले पार्टी अध्यक्ष कुलमान घिसिङप्रति जनताको

    Data is loading...

    Loading brands...

    Loading footer...