नेपाल पर्यटन बोर्डले महादेशपारिका पर्यटकको मनमा नेपालको सकारात्मक छवि निर्माण गरेको छ : मन्त्री सिन्हा

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

33
Share
Featured
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले सीमित बजेटका बाबजुद नेपाल पर्यटन बोर्डले होटल व्यवसायी, यात्रा तथा अन्य पर्यटन व्यवसायी, एयरलाइन्स र सरोकारवालालाई एउटै राष्ट्रिय उद्देश्यअन्तर्गत सफलतापूर्वक एकीकृत गर्न सफल भएको बताएका छन्।
  • उनले बोर्डको शक्ति, विश्वसनीयता र प्रासंगिकता निजी क्षेत्रको गतिशीलता र सरकारी व्यवस्थापनबीचको समन्वयमा आधारित साझेदारीमा रहेको बताए।
  • मन्त्री सिन्हाले बोर्डले रणनीतिक संस्थाका रूपमा गन्तव्य प्रवद्र्धन, अन्तर्राष्ट्रिय पहुँच विस्तार र महादेशपारिका पर्यटकमा नेपालको सकारात्मक छवि निर्माण गर्न अतुलनीय योगदान दिएको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सीमित बजेटका बाबजुद पनि नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रका सरोकारवालालाई एउटै राष्ट्रिय उद्देश्यअन्तर्गत एकीकृत गर्न सफल भएको बताएका छन् ।

नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले होटल व्यवसायी, यात्रा तथा अन्य पर्यटन व्यवसायी, एयरलाइन्स र विभिन्न सरोकारवालालाई समन्वय गर्दै अघि बढाउन पर्यटन बोर्डले प्रभावकारी भूमिका खेलेको उल्लेख गरे ।

उनले भने, ‘सिमित बजेटकाबीच पनि नेपाल पर्यटन बोर्डले होटेल व्यवसायी, तथा यात्रा एवम् अन्य पर्यटन व्यवसायीहरु, एयरलाइन्सहरु, विविध सरोकारवालाहरुलाई एकै राष्ट्रिय उदेश्य अन्तरगत सफलतापूर्वक एकीकृत गर्नमा सफल भएको छ ।’

साथै, उनले नेपालका अनुपम प्राकृतिक दृश्य, समृद्ध सांस्कृतिक सम्पदा र विश्वविख्यात आतिथ्यतालाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्ने उद्देश्यमा निजी क्षेत्रको गतिशीलता र सरकारी व्यवस्थापनबीचको समन्वयमा आधारित साझेदारी नै नेपाल पर्यटन बोर्डको शक्ति, विश्वसनीयता र प्रासंगिकताको आधार भएको बताए ।

मन्त्री सिन्हाले नेपाल पर्यटन बोर्डले रणनीतिक संस्थाका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै गन्तव्य प्रवद्र्धनका पहलहरू कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय पहुँच विस्तारको नेतृत्व गर्ने तथा महादेशपारिका पर्यटकको मनमा नेपालको सकारात्मक छवि निर्माण गर्ने कार्यमा बोर्डको योगदान अतुलनीय रहेको बताए ।

उनले भने, ‘नेपालका अनुपम प्राकृतिक दृश्य, समृद्ध सांस्कृतिक सम्पदा र विश्वविख्यात अति आतिथ्यतालाई विश्वसामु प्रर्दशन गर्ने उदेश्यमा निजी क्षेत्रको गतिशिलता र सरकारी व्यवस्थापनको सम्योजनमा आधारित यही साझेदारी नै नेपाल पर्यटन बोर्डको शक्ति, विश्वसनीयतार प्रासंगिताको आधार रहेको मेरो मान्यता छ । गन्तव्य प्रर्वद्धनका पहलहरु कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय पहुँच विस्तारको नेतृत्व गर्ने र महादेशपारिका यात्रुहरुको मनमा नेपालको छवि निर्माण गर्ने कार्यमा नेपाल पर्यटन बोर्डको भूमिका अतुलनिय रहेको छ ।’

यो समाचारमा

नेपाल पर्यटन बोर्डकाठमाडौँअनिलकुमार सिन्हा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...