काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

26
Share
Featured

काठमाडौँ

काठमाडौँ महानगरपालिका अन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सूचना प्राप्त गरी कारबाही गर्दै १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरुमा नुवाकोट, बिदुर नगरपालिका १३ घर भएका बर्ष २८ का अमृत खड्का, , बहुदरमाई नगरपालिका विश्रामपुर घर भएका १९ वर्षका अकलेश साह, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर नै घर भएका बर्ष ३१ का दिनेश पटेल, काभ्रेपलान्चोक, रोशी गाउँपालिका ६ घर भएका १९ वर्षका सुजन तामाङ, रोल्पा, माडी गाउँपालिकाका २२ वर्षका प्रविन ओली, काभ्रेपलान्चोक, पाँचखाल नगरपालिका घर भएका १९ वर्षका रोजन तामाङ, कञ्चनपुरको जितेन्द्र सिंह वि.क, धनकुटाकी रोशनी राई, झापा, भद्रपुर नगरपालिकाका तिर्थ राजवंशी, उदयपुर, त्रियुगा नगरपालिका घर भएकी रचना मगर, सुर्खेतका जेनिसा थापा र झापा, काकडभिट्टाकी ३० वर्षकी संगिता तामाङ रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ र थप कारबाही प्रक्रिया अघि बढिरहेको छ ।

प्रहरीले सर्वसाधारणलाई सचेत रहन र कुनै अपराधिक गतिविधि भए तत्काल सूचना दिन आग्रह समेत गरेको छ।

यो समाचारमा

पाँचखाल नगरपालिकाभद्रपुर नगरपालिकाबिदुर नगरपालिकाझापा
काठमाडौँ महानगरपालिका15 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...