राष्ट्रियसभा निर्वाचन: उम्मेदवारले पेस गर्नुपर्ने कागजातको सूची सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

35
Share
Featured
  • निर्वाचन आयोगले माघ ११ को राष्ट्रियसभा निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजातको सूची सार्वजनिक गरेको छ, जसमा नागरिकता, मतदाता नामावली निस्सा, सम्पत्ति विवरण र धरौटी रसिद समावेश छन्।
  • उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ, महिला, दलित, अल्पसंख्यक र आर्थिक रूपमा विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुट दिइनेछ।
  • आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत तोकी कार्यालय स्थापना गरिसकेको छ र दलहरू उम्मेदवार छनोटको तयारीमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले पेस गर्नुपर्ने आवश्यक कागजातहरूको सूची सार्वजनिक गरेको छ ।

आयोगका अनुसार, उम्मेदवारले मनोनयनपत्रका साथमा नेपाली नागरिकताको प्रतिलिपि, मतदाता नामावलीमा नाम भएको निस्सा, सम्पत्ति विवरण र १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ, तर आर्थिक रूपमा विपन्नले स्थानीय तहको सिफारिस पेस गर्नुपर्नेछ ।

त्यसैगरी, उम्मेदवारले संघीय कानुनबमोजिम अयोग्य नभएको, लाभको पदमा नरहेको र अन्य कुनै पदमा भए राजीनामा दिएको स्वघोषणापत्र पनि बुझाउनुपर्नेछ । २०७९ को प्रदेशसभा निर्वाचनमा समानुपातिकको बन्दसूचीमा नाम भए फिर्ता लिएको प्रमाण पनि आवश्यक पर्नेछ ।

आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृत तोकेर निर्वाचन कार्यालय स्थापना गरिसकेको छ भने राजनीतिक दलहरू पनि उम्मेदवार छनोटको तयारीमा जुटेका छन् ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...