कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेन : अध्यक्ष यादव

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

22
Share
Featured
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्ट सरकारकै कारण संघीयता १० वर्ष बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको र प्रदेश अधिकारविहीन बनाइएको आरोप लगाए।
  • नामका लागि मात्र प्रदेश संरचना बनाइए पनि सुरक्षा, प्रशासन, कर्मचारी र प्रमुख अधिकार केन्द्रकै नियन्त्रणमा राखेर संघीयतालाई कमजोर पारिएको उनको भनाइ छ।
  • मधेश प्रदेश पुनः सिमाङ्कनको माग गर्दै मधेशी हक–अधिकारका लागि चुनावमा सहभागी हुन र संघर्षरत शक्तिहरू एकीकृत हुन उनले आह्वान गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)को सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् ।

उनले नामका लागि प्रादेशिक संरचना बनाएर दिए पनि प्रदेशले पाउनु पर्ने मुख्य अधिकारहरुबाट कांग्रेस र कम्युनिष्टको सरकारले वञ्चित गरेर राखेको आरोप लगाए ।

उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, काम गर्ने कर्मचारी, सिडिओ लगायत मुख्य पदहरु केन्द्रकै अधिनमा रहेकोले संघीयता नामको लागि मात्र दिइएको बताए ।

कांग्रेस र कम्युनिष्टको मनमा खोट भएको कारणले प्रदेशलाई हक अधिकारबाट वञ्चित गरेर राखिएको अध्यक्ष यादवले बताए ।

कांग्रेस र कम्युनिष्टले मिलेर संघीयता कमजोर पारेर समाप्त पार्ने खेलमा लागेको उनले बताए । देशलाई चौपट र बर्बाद गर्नमा कांग्रेस र कम्युनिष्टको मात्र हात रहेको अध्यक्ष यादवले बताए ।

मधेश प्रदेश ८ जिल्लामा मात्र सिमित नरहेकोले प्रदेशलाई पुनः सिमांकरण गर्न पर्नेमा उनले जोड दिए । मधेश र मधेशी जनाताको हक अधिकारका लागि चुनावमा सहभागी हुन आवश्यक रहेको उनले बताए ।

अध्यक्ष यादवले अहिले पनि समय बाँकी रहेकाले सम्पूर्ण मधेश र मधेशीको हक अधिकारका लागि लड्ने दलहरुलाई एकीकृत हुन आग्रह गरे ।

यो समाचारमा

काठमाडौँउपेन्द्र यादवनेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)
मधेश प्रदेश5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...