उज्यालो नेपाल पार्टीबाट गायिका डा. त्रिशला गुरुङ समानुपातिक उम्मेदवार सिफारिस

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

22
Share
Featured
  • उज्यालो नेपाल पार्टीले डा. त्रिशला गुरुङलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
  • स्वास्थ्य क्षेत्र सुधार र पेशागत दक्षतालाई आधार मानेर उनलाई अघि सारिएको हो।
  • चिकित्सक, गायिका र सामाजिक अभियन्ताको भूमिकाबाट स्वास्थ्य र सांस्कृतिक विषयमा संसदमा प्रभावकारी बहस गर्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उज्यालो नेपाल पार्टीले चर्चित गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ । पार्टीले स्वास्थ्य क्षेत्र सुधार र पेशागत दक्षतालाई आधार मान्दै उनलाई अघि सारेको हो ।

पार्टीले डा. गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा स्वास्थ्य क्षेत्रका समस्याबारे व्यवहारिक बहस गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

एक स्थापित गायिका र सामाजिक अभियन्ताको रूपमा समेत परिचित डा. गुरुङले स्वास्थ्य र सांस्कृतिक चेतनालाई जोडेर संसदमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको पार्टीले जनाएको छ ।

यो समाचारमा

उज्यालो नेपाल पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...