पूर्वराज्यमन्त्री कान्छारामको कम्पनीसहित पाँच निर्माण कम्पनी कालोसूचीमा

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

27
Share
Featured
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनीसहित ५ कम्पनीलाई कालोसूचीमा राखेको छ।
  • समयमै काम सम्पन्न नगरेको कारण विभिन्न सरकारी निकायको सिफारिसमा कारबाही गरिएको हो।
  • कान्छाराम कन्स्ट्रक्सन डेढ वर्षका लागि र अन्य कम्पनीहरू १–डेढ वर्षसम्म सार्वजनिक खरिद प्रक्रियाबाट वञ्चित भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को निर्माण कम्पनीसहित पाँचवटा कम्पनीलाई कालोसूचीमा राखेको छ । जिम्मा लिएको काम समयमै सम्पन्न नगरेको भन्दै विभिन्न सरकारी निकायको सिफारिसमा ती कम्पनीहरूलाई कारबाही गरिएको हो ।

कार्यालयले आज सूचना जारी गर्दै 'कान्छाराम कन्स्ट्रक्सन' लाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको सिफारिसमा उक्त कम्पनीलाई कारबाही गरिएको हो ।

कालोसूचीमा परेका अन्य कम्पनीहरूलाई पनि एकदेखि डेढ वर्षसम्मका लागि सार्वजनिक खरिद प्रक्रियामा भाग लिनबाट वञ्चित गरिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी कम्पनीहरूलाई कारबाही गरिएको सूचनामा उल्लेख छ ।

यो समाचारमा

सार्वजनिक खरिद अनुगमन कार्यालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...