
काठमाडौँ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को निर्माण कम्पनीसहित पाँचवटा कम्पनीलाई कालोसूचीमा राखेको छ । जिम्मा लिएको काम समयमै सम्पन्न नगरेको भन्दै विभिन्न सरकारी निकायको सिफारिसमा ती कम्पनीहरूलाई कारबाही गरिएको हो ।कार्यालयले आज सूचना जारी गर्दै 'कान्छाराम कन्स्ट्रक्सन' लाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ...