जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

24
Share
Featured
  • जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन्।
  • बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र प्रणालीलाई मजबूत बनाउने, संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्याय जस्ता मुद्दाहरूमा एकीकृत रूपमा काम गर्ने आवश्यकतालाई जोड दिएको छ।
  • एकीकरण निर्णयमा दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त रूपमा प्रतिबद्धता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय जनता पार्टी नेपाललोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन् ।

आइतबार बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादवमहन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै पार्टी एकीकरणको निर्णय गरेको हो ।

बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउने आवश्यकतामा जोड दिएको छ ।

साथै न्यायपूर्ण समाज निर्माणका लागि एकीकृत रूपमा अघि बढ्ने निष्कर्ष निकालिएको जनाइएको छ । पार्टी एकीकरणसम्बन्धी निर्णयमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो समाचारमा

उपेन्द्र यादवराष्ट्रिय जनता पार्टी नेपालकाठमाडौँमहन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...