जेनजीहरुको आवाज कलामार्फत, संसद भवन अगाडि प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

30
Share
Featured
  • जेनजी आन्दोलन (भदौ २३–२४) को स्मृतिमा संघीय संसद् भवन अगाडि तस्बिर तथा चित्रकला प्रदर्शनी गरिएको छ।
  • आयोजकले राज्य संयन्त्रले जेनजीको आवाज दबाएको विरोधस्वरूप कला मार्फत अभिव्यक्ति दिएको बताएका छन्।
  • प्रदर्शनीमा जेनजी आन्दोलनको प्रभाव, शहीदप्रति श्रद्धाञ्जली र दबाइएका आवाजहरू कलामार्फत उजागर गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ ।

वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।

सोही क्रममा कार्यक्रम आयोजक समितिका सदस्य आयुष बस्यालले राज्य संयन्त्रले जेनजी र जनताको आवाजहरु दबाउने प्रयास गरेको भन्दै त्यसको लागि यो प्रदर्शन गरिरहेको बताए ।

उनले भने, ‘राज्य संयन्त्रले हाम्रो आवाजहरु दबाउने प्रयास गर्नुभयो । त्यसको लागि यो प्रदर्शन गरिरहेका हौं । त्यो पद नै कस्तो हो कस्तो त्यहाँ पुगेपछि सबै एउटै हुने ।’

यस्तै, प्रदर्शनीमा सहभागी अमूल्य आचार्यले जेनजी आन्दोलनले पारेको प्रभाव र असर सबैलाई समेटेर त्यसलाई कला मार्फत देखाउन खोजेको बताइन् ।

उनले भनिन्, ‘जेनजी आन्दोलनले पारेको प्रभाव र असर सबैलाई समेटेर त्यसलाई कलामार्फत देखाउन खोजेका हौंं । यो प्रदर्शन आज २ बजेसम्म गर्छौ, यो जेनजीहरुको आवाज कलाबाट प्रदर्शन गरिरहेका छौ । आन्दोलन भएपछि पनि धेरै आवाजहरु दबिरहेका छन् । त्यसलाई कलाबाट सबै माझ ल्याउन खोजेका हौं ।’

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...