मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

23
Share
Featured
  • सरकार निर्वाचनतर्फ अघि बढिसकेको र प्रमुख दलहरूबीच निर्वाचनमा जाने सहमति भएको मन्त्री खरेलले बताए।
  • आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने र त्यसपछि विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित सरकार बन्ने दाबी गरे।
  • मिडियालाई व्यावसायिक, सिर्जनात्मक, प्रविधिमैत्री र जनताको पहुँचमा हुनुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् ।

आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए ।

उनले भने,‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ । सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढीसकेको छ ।’

उनले नयाँ दलहरूबीच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको बताए । मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए ।

उनले भने, ‘नयाँ पुस्ताले उठाएको माग बमोजिम निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई अगाडि बढाउनेछ, जेनजी आन्दोलनको मर्म र भावना अनुसार सुशासन कायम हुनेछ, भ्रष्टाचार अन्त्य हुनेछ ।’

यस्तै, उनले मिडियाको विषयवस्तु बलियो हुनुपर्ने , प्रस्तुतिमा सिर्जनात्मक, प्रविधिमैत्रीका साथै समाचारको सहज पहँुच हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

यो समाचारमा

काठमाडौँपोखराजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...