रिज लाइन इनर्जीको आईपीओ आजदेखि निष्कासन, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

20
Share
Featured
  • रिज लाइन इनर्जीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणको आईपीओ जारी गरेको छ।
  • पहिलो चरणमा ११ लाख ८५ हजार कित्ता स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
  • दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख २२ हजार कित्ता शेयर खुला गरिनेछ, आवेदन कार्यालय, बैंक शाखा र अनलाइन माध्यमबाट दिन सकिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


रिज लाइन इनर्जी लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । जसमध्ये जारी पूँजीको १० प्रतिशत, अर्थात ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ ।

त्यसैगरी, सार्वजनिक निष्कासन गरिने शेयरमध्ये १० प्रतिशत, अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४२ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । सर्वसाधारणका लागि जारी पूँजीको १२ प्रतिशत, अर्थात १४ करोड २२ लाख रुपैयाँ बराबरको १४ लाख २२ हजार कित्ता शेयर निष्कासन गरिनेछ । यसमध्ये २ प्रतिशत (२८ हजार ४४० कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (७१ हजार १०० कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आईपीओ छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते बन्द हुने जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, कम्पनीले उपलब्ध गराएको अनलाइन लिंक, साथै प्रभु बैंकको छेपेटार र पालुङटार शाखा (गोरखा) बाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल धितोपत्र बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...