नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

32
Share
Featured
  • अर्थमन्त्री रामेश्वर खनालले कानुन पालनामा प्रतिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन्।
  • उनले सुशासनका लागि ‘रुल अफ ल’ अपरिहार्य भए पनि व्यवहारमा लागू गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे।
  • बोलेको कुरा व्यवहारमा उतार्ने (‘वाक द टक’) संस्कार विकास भए मात्र अपेक्षित परिवर्तन सम्भव हुने उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको कटिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् ।

नेपाल जन–प्रशासन संघको २६ औं वार्षिक साधारण सभा तथा २१औं राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले रुल अफ ल लागू गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘कानुन परिपालना गर्ने कुरामा कोही पनि कटिबद्ध छैन । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन । रुल अफ ल भनेको अत्यन्त महत्वपूर्ण कुरा हो । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन ।’

साथै खनालले बोलेका कुरा सबै लागु गर्न सके मात्र आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताए । उनले बोलेका कुरा कतिपय अवस्थामा पूरा गर्न नसकिने उल्लेख गर्दै प्रणालीमा ‘वाक इन द टक’को ठूलो समस्या रहेको बताए ।

उनले भने, ‘सैद्धान्तिक कुराको नेपालमा त्यति मान्य छैन । हामीले के गर्छौं व्यवहारमा त्यो मान्य लाग्छ । जे बोल्छौं त्यहि गर्नको निम्ति कतिपय अवस्थामा सक्दैनौं । प्रणालीमा ‘वाक इन द टक’ को ठूलो समस्या छ । कुनै पनि दायित्व नलिइकन गर्यो भने गर्न सकिन्छ तर त्यही कुरा दायित्व लिएर गर्यो भने गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्र बोल्ने, र बोलेको कुरा सबै गर्ने यदी हामीले गर्न थाल्यौं भने हाम्रो जेनजीले आशा गरे अनुरुपको परिवर्तन सम्भव छ ।’

यो समाचारमा

काठमाडौँरामेश्वर खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...