गृहमन्त्री अर्यालका १०० दिन: जेनजी राहतदेखि निर्वाचन तयारीसम्मका मुख्य काम

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

21
Share
Featured
  • जेनजी राहत र सम्मान: आन्दोलनमा ज्यान गुमाएका ४२ जनालाई ‘सुशासन योद्धा’ र ३ प्रहरीलाई सहिद घोषणा गर्दै मृतक परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँ राहत, घाइतेलाई परिचयपत्र/भत्ता, र भदौ २३ लाई ‘जेनजी सहिद दिवस’ तय।
  • प्रतिनिधिसभा निर्वाचनका लागि ‘एकीकृत निर्वाचन सुरक्षा योजना २०८२’ लागू, ७६५ लुटिएका हतियार बरामद, करिब १० हजार फरार कैदीबन्दी पक्राउ, ९०० भन्दा बढी अभियुक्त नियन्त्रण।
  • नागरिकता र निर्वाचन ऐन सुधार प्रक्रिया, सेवा प्रवाह डिजिटलाइजेसन, राष्ट्रिय परिचयपत्र, मिटरब्याज पीडित समाधान र युवामैत्री सहायता कक्ष स्थापना।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

'जेनजी' आन्दोलनपछिको संवेदनशील परिस्थितिमा गृह मन्त्रलयको नेतृत्व सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यकालको १०० दिन पूरा गरेका छन् । यस अवधिमा मन्त्रालयले जेनजी आन्दोलनका पीडितलाई राहत, शान्ति-सुरक्षा, सुशासन र निर्वाचन तयारीमा महत्वपूर्ण काम गरेको छ ।

जेनजी राहत र सम्मान:

आन्दोलनमा ज्यान गुमाएका ४२ जनालाई 'सुशासन योद्धा' र ३ प्रहरीलाई सहिद घोषणा गरी मृतकका परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँ राहत वितरण गरिएको छ । घाइतेहरूलाई परिचयपत्र र जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको छ भने प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाउने निर्णय भएको छ ।

शान्ति-सुरक्षा र निर्वाचन तयारी:

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि 'एकीकृत निर्वाचन सुरक्षा योजना २०८२' लागू गरिएको छ । आन्दोलनका क्रममा लुटिएका ७६५ हतियार बरामद, करिब १० हजार फरार कैदीबन्दी पक्राउ र ९०० भन्दा बढीलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ ।

कानुनी सुधार र सुशासन:

यस अवधिमा नागरिकता ऐन, निर्वाचन ऐन लगायतका महत्वपूर्ण कानुन सुधारको प्रक्रिया अघि बढाइएको छ । सेवा प्रवाहलाई डिजिटल बनाउँदै राष्ट्रिय परिचयपत्र, मिटरब्याज पीडितको समस्या समाधान र युवामैत्री नागरिक सहायता कक्ष स्थापना जस्ता कामहरू भएका छन् ।

गृहमन्त्री अर्यालको १०० दिनको कार्यकाललाई 'जेनजी' आन्दोलनपछिको अवस्था सामान्यीकरण गर्दै राज्यप्रति नागरिकको विश्वास पुनःस्थापना गर्ने प्रयासका रूपमा हेरिएको छ ।

यो समाचारमा

ओमप्रकाश अर्यालगृह मन्त्रलयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...