काठमाडौंका यी स्थानमा आज दुई घण्टा बिजुली काटिँदै

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

22
Share
Featured
  • नेपाल विद्युत् प्राधिकरणले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौंका केही क्षेत्रमा दुई घण्टा बिजुली कटौती गर्ने जनाएको छ।
  • लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल, राष्ट्रपति भवन र प्रहरीसम्बन्धित क्षेत्रहरू प्रभावित हुनेछन्।
  • वितरण प्रणाली भूमिगत गर्ने क्रममा केबल जडानका लागि बिजुली काट्न लागिएको हो र काम छिटो सकिए आपूर्ति समयअघि नै सुचारु हुन सक्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणका अनुसार, पानीपोखरी र हस्पिटल फिडर अन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

विद्युत् कटौती हुने क्षेत्रहरूमा लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रहरू रहेका छन् ।

वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य अन्तर्गत भूमिगत केबल जोड्नका लागि बिजुली काट्न लागिएको प्राधिकरणले जनाएको छ ।

तोकिएको काम समयअगावै सकिएमा निर्धारित समयभन्दा पहिले नै विद्युत् आपूर्ति सुचारु हुन सक्ने प्राधिकरणले सूचनामार्फत जानकारी दिएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल विद्युत प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...