कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

13
Share
Featured
  • नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठकले प्रतिनिधिसभा असंवैधानिक ढंगबाट विघटन भएको भन्दै राष्ट्रिय सभाको बैठक अबिलम्ब आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
  • बैठकले समसामयिक राजनीतिक अवस्था र पार्टीका अग्रज नेताहरूको निधनप्रति केन्द्रित भएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक सम्पन्न भएको छ ।

दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक अवस्था र पार्टीका अग्रज नेताहरूको निधनप्रति केन्द्रित हुँदै दुई महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले देशमा उत्पन्न राजनीतिक विषम परिस्थितिका कारण प्रतिनिधिसभा असंवैधानिक ढंगबाट विघटन भएको उल्लेख गर्दै, संघीय संसदअन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको अवस्थामा जनताका आवाज उठाउन राष्ट्रिय सभाको बैठक अत्यावश्यक भएको ठहर गरेको छ ।

सोहीअनुसार, राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब आह्वान गर्न राष्ट्रिय सभा अध्यक्षमार्फत सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, बैठकले पूर्वराज्यमन्त्री एवं संविधान सभा सदस्य गणेशबहादुर खड्का, पूर्व उद्योगमन्त्री ढुण्डिराज शास्त्री, बाग्लुङका पूर्व जिल्ला सभापति गोविन्दप्रसाद शर्मा कंडेल, संविधान सभा सदस्य रामअयोध्या प्रसाद यादव, वरिष्ठ राजनीतिज्ञ अच्युतराज रेग्मी, पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, पूर्वमन्त्री ऋषिकेश गौतम, पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम, राष्ट्रिय सभाकी पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ तथा पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...