बालेन शाहलाई झापाबाट जमानत जफद गरिदिन्छौं : नेता पाठक

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

15
Share
Featured
  • नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापा–५ बाट निर्वाचन लड्ने बालेन शाहको जमानत जफत गर्ने चेतावनी दिएका छन्।
  • एमालेले संसद् पुनःस्थापना नभएसम्म सडक आन्दोलन जारी राख्ने र संविधान तथा लोकतन्त्रलाई ट्रयाकमा ल्याउने घोषणा गरेको छ।
  • पार्टीले विदेशी हस्तक्षेप अस्वीकार गर्दै सर्वपक्षीय सरकार र संविधान संशोधनमार्फत निकास सुनिश्चित गर्नुपर्ने औंल्याएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानतजफत गरिदिने बताएका छन् । झापा –५ बाट निर्वाचन लड्ने बालेन्द्र शाह (बालेन)को सपनालाई जमानत जफत गरेर देखाइदिने चेतावनी दिए ।

सरकारविरुद्ध नेकपा एमाले झापाले आयोजना गरेको खवरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुखद र अशुभ हुने बताए । उनले असंवैधानिक सुशीला कार्की नेतृत्वको सरकारलाई घुँडा टेकाएर छाड्ने गरी एमाले सडकमा आएको बताएका छन् । विदेशी शक्तिहरुको इसारामा देशलाई सिध्याउने खेल स्वीकार्य छैन, उनले भने, ‘एमालेले संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याएर छाड्नेछ ।’

नेता पाठकले संसद् पुनस्र्थापना नभएसम्म मुलुकले निकास नपाउने धारणा व्यक्त गर्दै पुनःस्र्थापना नभएसम्म सडक नछाड्ने चेतावनी दिए । उनले देशको रक्षाका लागि आम जनतालाई समेत सडकमा आउने आव्हान गरेका छन् । यस्तै, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले विदेशीको इसारामा देश चलाउनेहरुलाई तह लगाउन एमाले टाउकोमा काक्रो बाँनेर सडकमा निस्किएको बताए ।

उनले संविधान मिच्ने, विदेशीको गतिविधि टुलुटुलु हेरेर नसक्ने बताउँदै खवरदारी गरेका छन् । नेपाली जनतामाथि गिद्धे दृष्टि लगाए प्रतिकार गरेर देखाइदिने चेतावनी दिए । एमाले संविधान संशोधन गरेर भएपनि देशलाई निकास दिन तयार रहेको बताउँदै अध्यक्ष गिरीले संसद पुनःस्र्थापना अनिवार्य भएको बताए ।

एमाले चुनावबाट कहिल्यै भाग्दैन, उनले भने,‘एमाले जनताको सबैभन्दा लोकप्रिय पार्टी हो । अघिल्लो निर्वाचनमा एमालेविरुद्ध सबै एक हुँदा पनि सबैभन्दा लोकप्रिय मत ल्याएको हो ।’

कार्यक्रममा नेताहरुले यो सरकारले निर्वाचन गर्न नसक्ने दावी गरेका छन् । दमकको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य देवेन्द्र दाहालले कानुन बनाउन र हरेक मुद्धाको फैसला गर्न जनताबाट निर्वाचित संसद पुर्नजिवित गर्नुपर्ने बताए ।

एमालेका लागि मात्र नभएर अन्य पार्टी र जनताका लागि संसद विघटन मान्य नभएको उनको भनाइ थियो । जेनजीले उठाएका माग पूरा गर्न र सर्वपक्षीय सरकार गठन गर्न पहिला संसदबाट संविधान संशोधन गरी सो कुरा संविधानमा व्यवस्था गर्नुपर्ने भएकोले संसद पुनःस्र्थापना आवश्यकता भएको बताए ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका नेताहरुलाई स्थानहद कायम गरेर चुनाव गराउछु भन्दै सरकारले नाटक मात्र गरेको उनको धारणा थियो ।

‘एमालेले खबरदारीको शुरुवात मात्र गरेको हो, उनले भने, ‘संविधानको कुनै धाराले प्रधानमन्त्री शुसीला कार्कीलाई चिन्दैन । त्यसैले तत्काल यो सरकारलाई हटाउनुपछै । ’ एमालेले झापाको बिर्तामोड र दमकमा एकैदिन सरकारविरुद्ध खवरदारी गरेको हो । बजार परिक्रमा गरेर कोणसभा गरिएको थियो ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बालेन्द्र शाह (बालेन)झापासुशीला कार्की
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...