प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै डा. भुसालको आमरण अनशन

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

16
Share
Featured
  • ‘जेनजी’ आन्दोलनका माग सम्बोधनको माग गर्दै डा. निकोलस भुसालले माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका छन्।
  • उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा तथा अन्तरिम सरकार हटाई सर्वपक्षीय सरकार गठनसहित ९ बुँदे माग राखेका छन्।
  • भुसालसहित केही युवाहरूले माग पूरा नभएको भन्दै सरकारमाथि दबाब बढाउन तीन दिनदेखि प्रदर्शन जारी राखेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

'जेनजी' आन्दोलनका क्रममा उठेका मागहरू सम्बोधनको माग गर्दै डा. निकोलस भुसालले मंगलबार रातिदेखि माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामासमेत माग गरेका छन् ।

भुसालले अन्तरिम सरकार हटाएर सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेका छन् । उनीसहित मिराज ढुंगाना, रवि किरण हमाल लगायतका युवाहरू तीन दिनदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

'जेनजी' समूहले उठाएका मागहरू सम्बोधन नभएको भन्दै उनीहरूले सरकारमाथि दबाब बढाउन अनशन सुरु गरेका हुन् ।

यो समाचारमा

ओमप्रकाश अर्यालसुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...