अपाङ्गता भएका व्यक्तिहरू नसमेटिएको निर्वाचन अध्यादेश सच्याउन सरोकारवालाको माग

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

24
Share
Featured
  • चार राजनीतिक दलका भ्रातृ अपाङ्ग संगठनहरूले निर्वाचनसम्बन्धी अध्यादेशले अपाङ्गता भएका व्यक्तिलाई समानुपातिक प्रतिनिधित्वबाट बाहिर राखेको भन्दै संविधानविरोधी भएको दाबी गरेका छन्।
  • उनीहरूले संविधानका धारा ४२ र ८४ अनुसार अपाङ्गता भएका व्यक्तिको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्न अध्यादेश संशोधन गरी पुनः जारी गर्न माग गरेका छन्।
  • माग बेवास्ता भए कानुनी उपचार, शान्तिपूर्ण आन्दोलनलगायत सबै संवैधानिक विकल्प अपनाउने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन सम्बन्धी अध्यादेशमा अपाङ्गता भएका व्यक्तिहरू नसमेटिएको भन्दै चार राजनीतिक दलका भ्रातृ संगठनले सच्याउन माग गरेका छन् ।

नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)राष्ट्रिय स्वतन्त्र पार्टीका भ्रातृ संगठनहरूले यो अध्यादेश संविधान विरोधी भएको भन्दै तत्काल सच्याउन माग गरेका हुन् ।

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, राष्ट्रिय अपाङ्गता संगठन नेपालका अध्यक्ष जगदीशप्रसाद अधिकारी, अपाङ्गता संगठन नेपालका अध्यक्ष टिकाराम पराजुली र राष्ट्रिय प्रजातान्त्रिक अपांग संगठनका अध्यक्ष भरतमणी भट्टले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल देश प्रतिनिधि सभा निर्वाचनको तयारीमा रहेको सन्दर्भमा नेपाल सरकारले अध्यादेशमार्फत प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को अनुसूचि–१ संशोधन गरी समानुपातिक उम्मेदवारको बन्द सूचीका लागि समावेशीताको आधार पुनःनिर्धारण गरेको विषयप्रति हामी अपाङ्गता भएका व्यक्तिहरूका संघ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उक्त संशोधनमार्फत नेपालको कूल जनसंख्याको करिब २।२ प्रतिशत हिस्सा ओगट्ने अपाङ्गता भएका व्यक्तिहरूलाई समानुपातिक प्रतिनिधित्वको स्पष्ट र अनिवार्य व्यवस्थाबाट बाहिर राखिएको भन्दै चार ओटा संगठनले आपत्ति जनाउँदै भनेका छन्, ‘अपाङ्गता भएका व्यक्तिहरूलाई राजनीतिक अधिकारबाट नै वञ्चित गर्ने यस किसिमको अध्यादेश हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन्,’ विज्ञप्तिमा भनिएको छ ।

संविधान मिचेर ल्याइएको उक्त अध्यादेश नमान्ने भन्दै उनीहरूले जारी गरिएको अध्यादेशमा अपाङ्गता भएका व्यक्तिहरू निर्वाचित हुने स्पष्ट प्रावधान समेटेर संशोधन गरी पुनः जारी गर्न हामी जोडदार माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ, समावेशी लोकतन्त्र कुनै सम्झौताका आधारमा दिने वा नदिने विषय होइन । यो नेपालको संविधानको धारा ४२ ९१० र ८४ ९३० ले सुनिश्चित गरेको मौलिक संवैधानिक अधिकार हो। यदि हाम्रो यो संवैधानिक मागलाई बेवास्ता गरियो भने हामी कानूनी उपचार, लोकतान्त्रिक विधिबाट शान्तिपूर्ण आन्दोलन तथा अन्य सबै संवैधानिक विकल्पहरू अवलम्बन गर्न बाध्य हुने स्पष्ट चेतावनी दिन चाहन्छौँ ।’

संविधानका धारा केलाएर विज्ञप्तिमा, ‘नेपालको संविधानको धारा ४२ ९१० ले सामाजिक न्यायको हक अन्तर्गत सामाजिक रूपमा पछाडि परेका समुदायहरूमध्ये अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष रूपमा समेट्दै राज्यका सबै निकायमा समानुपातिक समावेशी सहभागिताको अधिकार सुनिश्चित गरेको छ। नेपाल पक्ष राष्ट्र भइ संसदबाट अनुमोदन भएको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीको धारा २९ ले पनि राज्यका हरेक तहमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता उल्लेख गरेको छ । त्यसैगरी संविधानको धारा ८४ को उपधारा ९२० ले राजनीतिक दलहरूले समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारी दिँदा जनसंख्याको आधारमा विभिन्न वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व मिलाउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। अझ महत्वपूर्ण कुरा, धारा ८४ ९३० ले अपाङ्गता भएका व्यक्तिहरूलाई अनिवार्य रूपमा समावेश गरी प्रतिनिधिसभामा निर्वाचित गर्नुपर्ने संवैधानिक दायित्व राज्य र राजनीतिक दलहरूलाई तोकेको छ’ भनिएको छ ।

लोकतन्त्रका लागि गरेको योगदानको चर्चा गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी यो पनि स्मरण गराउन चाहन्छौँ कि ०६२।६३ सालको ऐतिहासिक जनआन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूले अग्रपंक्तिमा उभिएर लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वका सिद्धान्तहरू हाम्रो संघर्षको परिणाम हुन्। त्यसैले अपाङ्गता भएका व्यक्तिहरू यो संविधानका केवल लाभग्राही मात्र होइनन्, यसको निर्माणका महत्वपूर्ण स्टेकहोल्डर पनि हौँ ।’

सम्बन्धित निकायलाई आग्रह गर्दै विज्ञप्तिमा, ‘अपाङ्गता भएका व्यक्तिहरूका संघ–संस्थाहरू सम्माननीय राष्ट्रपतिज्यू, नेपाल सरकार, निर्वाचन आयोग तथा सम्पूर्ण सरोकारवाला निकायसमक्ष हार्दिक आग्रह गर्दछौँ कि आगामी प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दलहरूले समानुपातिक प्रणाली अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई निर्वाचित गर्ने स्पष्ट, बाध्यकारी र सुनिश्चित व्यवस्था गरियोस्। संविधानको धारा ८४ ९३० बमोजिम प्रतिनिधिसभामा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै संविधानले प्रदान गरेको अधिकारको पूर्ण कार्यान्वयन गरियोस’ भनिएको छ ।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...