कक्षा १२ को परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र भर्नुपर्ने

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

126
Share
Featured
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२, २०८३ सालको वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ।
  • रजिस्ट्रेसन नम्बरको सुरुमा ७९, ८०, ८१ अंक भएका नियमित र आंशिक विद्यार्थीहरूले पुस मसान्तभित्र शुल्क बुझाएर फाराम भर्न सक्नेछन्; विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम बुझाउन पाइनेछ।
  • विद्यालयहरूले विद्यार्थीको फाराम शुल्कसहितको प्रमाण माघ २५ गतेभित्र बोर्डमा बुझाउनुपर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । बोर्डले नियमित तथा आंशिकतर्फका विद्यार्थीहरूका लागि फाराम भर्ने सूचना जारी गरेको हो ।

सूचनाअनुसार, रजिस्ट्रेसन नम्बरको सुरुमा ७९, ८० र ८१ अंक भएका विद्यार्थीहरूले परीक्षा फाराम भर्न पाउनेछन् ।

विद्यार्थीहरूले यही पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ । उक्त अवधिमा छुटेका विद्यार्थीहरूले भने विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्नेछन् ।

बोर्डले सम्बन्धित विद्यालयहरूलाई विद्यार्थीको फाराम शुल्कसहितको प्रमाण माघ २५ गतेभित्र बुझाइसक्न निर्देशन दिएको छ ।

यो समाचारमा

राष्ट्रिय परीक्षा बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...