राप्रपा काठमाडौं-१ मा राणा र मिश्रको नाममा छुट्टाछुट्टै सिफारिस, विवाद चर्कियो

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

18
Share
Featured
  • राप्रपा काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार सिफारिसका लागि विवाद उत्पन्न भएको छ।
  • क्षेत्रीय कार्यसमितिको एउटा पक्षले पूर्वअध्यक्ष पशुपतिशमशेर राणासहितको सूची सिफारिस गरेको छ भने क्षेत्रीय सभापति रामेश्वर श्रेष्ठले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितको अलग सूची पठाएका छन्।
  • पार्टीका केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले राणासहितको सूचीलाई आधिकारिक घोषणा गर्दै भ्रम फैलिन नदिन चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार सिफारिसलाई लिएर विवाद उत्पन्न भएको छ । क्षेत्रीय कार्यसमितिबाट पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाममा छुट्टाछुट्टै सूची सिफारिस भएपछि विवाद सतहमा आएको हो ।

क्षेत्रीय कार्यसमितिको एउटा पक्षले राणालाई पहिलो नम्बरमा राख्दै सोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

अर्कोतर्फ, क्षेत्रीय सभापति रामेश्वर श्रेष्ठले भने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पहिलो नम्बरमा राखेर आफ्नो र राम तण्डुकारको नामसहितको अर्को सूची जिल्ला हुँदै केन्द्रीय कार्यालयमा पठाएका छन् ।

यसैबीच, पार्टीका केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले मिश्र सिफारिसमा नपरेको दाबी गर्दै अनावश्यक भ्रम नफैलाउन चेतावनी दिएका छन् । उनले राणासहितको सूची नै आधिकारिक भएको बताएका छन् । दुई फरक-फरक सूची सिफारिस भएपछि राप्रपाको आन्तरिक विवाद थप चर्किएको छ ।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँरवीन्द्र मिश्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...