रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्कासन

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार १५:१०

23
Share
Featured
  • रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दै ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको छ।
  • कुल शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि आरक्षित बाँडफाँड भइसकेको छ, बाँकी सर्वसाधारणका लागि खुला गरिएको हो।
  • लगानीकर्ताले पुस ११ देखि २१ गतेसम्म, आस्बा सदस्य बैंक वा ‘मेरो शेयर’मार्फत न्यूनतम ५० र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ८६० कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सामूहिक लगानी कोषका लागि, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँड गरिसकेको छ ।

बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट तथा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

यो आईपीओको आवेदन अवधि छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गतेसम्म रहनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । यसअघि कम्पनीले मंसिर २२ गतेदेखि पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको थियो ।

यो समाचारमा

काठमाडौँनेपाल धितोपत्र बोर्ड

ट्यागहरू

#आईपीओ निष्कासन#नेपाल धितोपत्र बोर्ड#शेयर कारोबार#कार्यालय#सर्वसाधारण#आईपीओको निष्कासन#शेयर बजार#कम्पनी#आईपीओ#शेयर बिक्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू