नाइजेरियामा महिना दिन अपहरित सबै बालबालिका मुक्त

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

21
Share
Featured
  • नाइजेरियाको नाइजर राज्यस्थित बोर्डिङ स्कुलबाट अपहरणमा परेका सबै बालबालिका सुरक्षित रूपमा मुक्त भए।
  • थप १३० जना रिहा भएसँगै कुल अपहरित बालबालिका सबै घर फर्किएको सरकारको पुष्टि।
  • अपहरण र रिहाइको विवरण सार्वजनिक नभए पनि, नाइजेरियामा विद्यालय लक्षित सामूहिक अपहरणको समस्या बढ्दो छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नाइजेरियाको नाइजर राज्यस्थित एक बोर्डिङ स्कुलबाट गत महिना अपहरणमा परेका सबै बालबालिकाहरू सुरक्षित रूपमा मुक्त भएका छन् । नाइजेरियाली सरकारले थप १३० जना बालबालिका मुक्त भएसँगै अपहरणमा परेका सबै जना घर फर्किएको पुष्टि गरेको हो ।

यसअघि यही महिनाको सुरुमा १०० जना बालबालिका रिहा भएका थिए । सेन्ट मेरीज क्याथोलिक बोर्डिङ स्कुलबाट अपहरणमा परेका बालबालिकाहरूको यकिन संख्या सुरुमा स्पष्ट नभए पनि अन्ततः सबै जना मुक्त भएको अल जजिराले जनाएको छ ।

अपहरण कसले गर्‍यो र उनीहरूको रिहाइ कसरी सम्भव भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । नाइजेरियामा फिरौतीका लागि संगठित आपराधिक समूहहरूले विद्यालयबाट बालबालिकाहरूको सामूहिक अपहरण गर्ने घटना बढ्दै गएको छ ।

मुक्त भएका बालबालिकाहरूको पहिचान र स्वास्थ्य परीक्षणको तयारी भइरहेको बताइएको छ ।

यो समाचारमा

नाइजेरियाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...