टी–२० विश्वकप: नेपालले आजदेखि थाल्यो तयारी, पहिलो खेल इङ्ल्यान्डसँग

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

34
Share
Featured
  • टी–२० विश्वकपका लागि नेपाली टोलीले आजदेखि तयारी सुरु गर्दै क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
  • प्रशिक्षणमा राष्ट्रिय टोलीका नियमित खेलाडी र एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नयाँ खेलाडीहरू समावेश छन्।
  • समूह ‘सी’ मा रहेको नेपालले माघ २५ गते इङ्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै मुम्बईमा विश्वकप अभियान सुरु गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीले आजदेखि आफ्नो तयारी सुरु गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

भारतश्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपका लागि क्यानले राष्ट्रिय टोलीका नियमित सदस्यका साथै हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका नयाँ खेलाडीहरूलाई पनि समावेश गरेको छ ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी लगायत छन् ।

नेपालले विश्वकपमा आफ्नो समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्नेछ । समूह 'सी' मा रहेको नेपालले इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेशइटालीसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेल माघ २५ गते इङ्ल्यान्डविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।


यो समाचारमा

कुशल भुर्तेलकरण केसीआसिफ शेखकाठमाडौँ
नेपाल क्रिकेट संघ15 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...