घान्द्रुकसँगको सडक सम्पर्क टुट्यो, मोदी खोलाले सडक बगाउँदा पर्यटकहरू बीचमै रोकिए

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार

8
Share
Featured
  • मोदी खोलाको बाढीले स्याउलीबजार नजिक सडक बगाउँदा घान्द्रुकसँगको सडक सम्पर्क टुटेको छ।
  • सडक अवरुद्ध हुँदा घान्द्रुक पुगेका करिब ३०० पर्यटक सवारीसाधनसहित अलपत्र परेका छन्।
  • स्थानीय प्रशासनले वैकल्पिक सडक मर्मत र एकतर्फी यातायात सञ्चालन गर्ने प्रयास गरिरहेको छ।
  • समाचार सारांशGenerated using AI.

    कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् ।

     अन्नपूर्ण गाउँपालिका, कास्की वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल-विरेठाँटी-घान्द्रुक सडकमा यातायात बन्द भएको छ ।

    अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो ।

    सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पैदल यात्राका लागि समस्या नभए पनि सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन् ।

    घान्द्रुकपर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० जना पर्यटक अहिले सडक बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिए ।

    ‘खोलाले सडक बगाएकाले अहिले गाडी चलेको छैन । अधिकांश पर्यटक आफ्नै साधन लिएर आएकाले अहिले बाटो खुल्ने प्रतीक्षामा बसिरहनुभएको छ । साना साधनका लागि वैकल्पिक सडकको खोजी गरिरहेका छौँ,’ गुरुङले भने ।

    मोटरसाइकल र स्कुटरमा गएका पर्यटकहरुलाई घान्द्रुकबाट-खुलिबाङ-मोहरिया-तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडकबाट यात्रा गराउनका लागि अहिले बाटो मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक घुम्न गएका र एबिसी पदयात्रामा गएका पर्यटक समस्या परेपछि अहिले सडक खुलाउन स्थानीय प्रशासन, प्राविधिक टोली स्याउलीबजार पुगेको बताए ।

    ‘समस्यामा परेका पर्यटकलाई वैकल्पिक सडक मर्मत गरेर आवतजावत गराउने कि भनेर छलफलमा छौँ । हाल पानी पर्न कम भएको र नदीको बहाव पनि घटेकाले सडक बगाएको स्थानमा एकतर्फी भए पनि यातायात चलाउन सकिन्छ कि भनेर प्रशासनसँग छलफल गरिरहेका छौँ,’ गाउँपालिका अध्यक्ष केसीले भने ।

    अन्नपूर्ण गाउँपालिका-११ मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर (एबिसी) र घोरेपानी-पुनहिल पदयात्राको प्रवेशद्वार पनि हो ।

    यो समाचारमा

    घोरेपानीघान्द्रुकअन्नपूर्ण गाउँपालिका, कास्की

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

      तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

      Data is loading...

      Loading brands...

      Loading footer...