राहदानी उत्पादन र व्यवस्थापनमा नयाँ प्रविधि, १ करोड राहदानीको डेटा सुरक्षित रूपमा ट्रान्सफर

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार

15
Share
Featured
  • राहदानी विभागले नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालन सुरु गरेको छ।
  • करिब एक करोड नेपालीको राहदानी विवरण नयाँ प्रणालीमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ।
  • प्रारम्भिक चरणमा प्राविधिक समस्या र ढिलाइ हुन सक्ने भएकाले अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागले अनुरोध गरेको छ।
  • समाचार सारांशGenerated using AI.

    काठमाडौं । राहदानी विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।

    परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो ।

    करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । यस्तो बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन भएपछि सुरूआतका दिनहरुमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक हुनेछ ।

    विभागले यस्ता सम्भावित अवस्थाको पूर्वतयारी स्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसैँ घण्टा तयारी अवस्थामा रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण तथा सुधारमा खटिरहेको जनाएको छ ।

    यस किसिमका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधान गर्न विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विभागले विश्वास दिलाएको छ ।

    यस नयाँ प्रणालीको सुरुआती चरणमा, राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिन अनुरोध गरिएको छ । यस सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । साथै, राहदानी सेवासम्बन्धी कुनै पनि सूचना विभाग वा मन्त्रालयको आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन सम्पूर्ण सेवाग्राही अनुरोध गरेको छ ।

    यो समाचारमा

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

      काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

      Data is loading...

      Loading brands...

      Loading footer...