‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

14
Share
Featured

काठमाडौँ

गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक भएको छ ।

हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो ।

यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यो गीतले सिनेमाप्रति दर्शकको आकर्षण उत्र्कषमा पु-याउने विश्वास निर्माण टिमको छ ।

शुक्रबार सिनेमा रिलिज भएसँगै सिनेमाका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकारहरु गणेश उप्रेती, दीपा श्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल, लेखक गणेश कार्की काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइसकेका छन् । दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै नेपालको हालको अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेका प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।

यो समाचारमा

दीपा श्री निरौलाकाठमाडौँअर्जुन घिमिरेरमेश उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...