ध्यानको उत्पति स्थल नेपाल हो, यसमा गौरव गर्नुपर्छ : मन्त्री पुन

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

14
Share
Featured
  • मन्त्री महावीर पुनले ध्यानको उत्पत्ति स्थल नेपाल भएको भन्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने बताए।
  • ध्यानलाई विश्वभर फैलाएर नेपाललाई चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने माध्यम बनाउनुपर्ने उनले जोड दिए।
  • ध्यान र योगलाई पर्यटनसँग जोड्दा अर्थतन्त्र मजबुत बनाउन सकिने मन्त्री पुनको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ध्यानको उत्पति स्थल नेपालमै भएको उल्लेख गर्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने बताएका छन् ।

आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस २०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले ध्यानलाई विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री पुनले ध्यान नेपाललाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए । ‘ध्यानको उत्पादन स्थान नेपाल हो । यो कुरामा हामीले गौरव गर्नुपर्छ र यसलाई हामीले संसारभर फैलाउनुपर्छ । ध्यान विश्वसामु नेपाललाई चिनाउने माध्यम पनि हो । यसरी नेपाललाई परिचित गराउने मात्र होइन यसबाट धेरै भन्दा धेरै विदेशी पर्यटकहरु देशमा निमन्त्रणा गरेर नेपालमा पर्यटनको व्यवसाय पनि बढाउन सकिन्छ,’ उनले भने ।

उनले आधुनिक विज्ञान र प्रविधिमा नेपाल पछि परेको स्वीकार गर्दै त्यसका कारण मुलुक विदेशी उत्पादनमा निर्भर हुनुपरेको बताए ।

उनले भने, ‘हामी आधुनिक विज्ञान र प्रविधिमा धेरै पछि पर्यौं । आधुनिक विज्ञान र प्रविधिको विकास गर्न नसकेर सम्पूर्ण रुपमा विदेशीमा भर पर्नुपर्ने भयो । विदेशमा बनेका बस्तु नेपालमा आयात गर्नुपर्दा हाम्रो अर्थतन्त्र बढाउन नसकिने भयो ।’

मन्त्री पुनका अनुसार ध्यान र योगको जन्मभूमि नेपाल भएकाले यसलाई पर्यटनसँग जोडेर अर्थतन्त्र सुधार गर्न सकिन्छ ।

‘ध्यान र योगको प्रवद्र्धनमार्फत पर्यटन विस्तार गर्न सके नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ,’ उनले बताए ।

यो समाचारमा

नेपालमहावीर पुनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...