राष्ट्र बैंकले आज बजारबाट २० अर्ब रुपैयाँ खिच्दै

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

19
Share
Featured
  • नेपाल राष्ट्र बैंकले बजारको बढी तरलता व्यवस्थापन गर्न आज २० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ।
  • रकम ८४ दिनका लागि संकलन गरिनेछ, जसको साँवा–ब्याज २०८२ चैत १ गते भुक्तानी हुनेछ।
  • ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले अनलाइन बोलकबोलमा सहभागी हुन पाउनेछन्, कम ब्याजदर बोल्नेलाई प्राथमिकता दिइनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) बजारबाट २० अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्दैछ । वित्तीय प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) कायमै रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकले ८४ दिनका लागि उक्त रकम खिच्न लागेको हो, जसको साँवा तथा ब्याज २०८२ चैत १ गते भुक्तानी हुनेछ ।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । बजारमा अधिक तरलता हुँदा ब्याजदरमा अनावश्यक दबाब पर्ने भएकाले राष्ट्र बैंकले समय-समयमा यस्ता उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ ।

आज हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले अनलाइन प्रणालीमार्फत सहभागी हुन पाउनेछन् । सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकतामा राखेर निक्षेप संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो समाचारमा

नेपाल राष्ट्र बैंककाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...