मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार

19
Share
Featured
  • रास्वपा सभापति रवि लामिछानेले राजनीतिमा आफू केवल चुनावका लागि होइन, एक पुस्ताको भविष्य सुनिश्चित गर्न आएको बताए।
  • उनले भैरहवा कारागारबाट रिहा भएपछि चितवनबासीले अन्यायविरुद्ध निरन्तर आवाज उठाउँदै आएकोमा आभार व्यक्त गरे र देश तथा पुस्तालाई दिइएको पीडाको हिसाब मिलाउने प्रतिबद्धता जनाए।
  • लामिछानेले युवापुस्ताको संघर्ष खेर जान नदिने र बदला लिने राजनीतिमा संलग्न नहुने स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् ।

हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै आभार व्यक्त गरे । उनले चितवनले आफूलाई मात्र होइन, देशलाई नै न्याय गर्ने विश्वास व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै उनले भने, ‘आज पर्यन्त अन्यायका विरुद्ध चितवनबासीले यहीँबाट आवाज उठ्दै आएको छ । यो गुन तपाईंहरूले मलाई मात्रै होइन, देशकै लागि लगाउनुभएको हो । म यही गुनको संवाहक बनेर देशलाई तिर्नेछु ।’

आफूमाथि भएको अन्यायको प्रसंग उठाउँदै लामिछानेले व्यक्तिगत पीडाभन्दा देश र पुस्तालाई दिइएको पीडा ठूलो भएको बताए । ‘मलाई डस्ने सर्प मरे कि मरेनन् थाहा भएन, तर उनीहरूले दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन । सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनुपर्छ,’ उनले भने ।

उनले युवापुस्ताप्रति प्रतिबद्धता जनाउँदै जेनजी पुस्ताको संघर्ष खेर जान नदिने स्पष्ट पारे । साथै, बदला लिने राजनीतिमा आफू नलाग्ने पनि बताए।

लामिछानेले चितवनको चौबीसकोटी ऐतिहासिक स्थल भएको उल्लेख गर्दै यहाँबाट देशका लागि न्यायको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।

‘म एउटा चुनाव जित्नका लागि राजनीतिमा आएको होइन । एउटा पुस्ताको भविष्यका लागि आएको हुँ । त्याग गर्नुपर्ने भए पहिलो सूचीमा मेरो नाम हुन्छ । तर यदि कुरा केवल एउटा चुनावको मात्र हो भने, म त्यसका लागि तयार छैन,’ उनले भने । सभामा सहभागी समर्थकहरूले लामिछानेप्रति समर्थन जनाउँदै उनको भनाइलाई स्वागत गरेका थिए ।

यो समाचारमा

रवि लामिछानेकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...