संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न दिँदैनौँ : भीष्मराज आङ्देम्बे

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार

10
Share
Featured

  • कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रमुख प्रतिपक्षका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।
  • उनले सत्तापक्षलाई संसद् र जनताप्रति उत्तरदायी बनाउन तथा विपक्षीसँग समन्वय गरेर संसद् प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • कांग्रेसले संसदमा प्रश्न उठाउने, प्रस्ताव दर्ता गर्ने र संसदीय समितिलाई प्रभावकारी बनाउने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टी संसदीय दलको कार्यालयमा सोमबार संसदीय मामिला विषयमा कलम चलाउने पत्रकारहरूसँगको छलफलमा उनले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद् र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताए । संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर कांग्रेस अघि बढ्ने नेता आङ्देम्बेको भनाइ छ ।

‘प्रमुख प्रतिपक्षी दलका नाताले सबै विपक्षीलाई समेटेर विमति राख्दै संसदमा दैनिक कार्यसूची अघि बढाउन पनि सहयोग गरिएको छ । संसदमा प्रश्न राख्ने, प्रस्ताव दर्ता गराउने र समितिको गाम्भीर्यतालाई मनन गरी काम गर्छौं, सत्तापक्षलाई सदन र जनताप्रति उत्तरदायी बनाउनतर्फ सकारात्मक भूमिकामा रहन्छौँ,’ उनले भने । कांग्रेस प्रमुख सचेतक वासना थापाले संसद्को प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...