मन्थली नगरपालिकाको एक पन्थ–दुई काम, सार्वजनिक सुनुवाइसँगै घुम्ती शिविर

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार ०९:५५

12
Share
Featured
  • मन्थली नगरपालिकाले पाँच महिनाको प्रगति, बजेट खर्च र आगामी योजना सार्वजनिक सुनुवाइमार्फत प्रस्तुत गर्‍यो।
  • कुल बजेटमध्ये १८% खर्च, १ करोड ५६ लाख राजस्व सङ्कलन; ४ करोड २३ लाख लक्ष्य।
  • घुम्ती शिविरबाट पशु, कृषि र स्वास्थ्य सेवामा सयौँ नागरिक लाभान्वित।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामेछापको मन्थली नगरपालिका, रामेछापले चालु आर्थिक वर्षको पाँच महिनामा हासिल गरेका प्रगति तथा आगामी योजना र प्राथमिकताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । नगरपालिकाले सार्वजनिक सुनुवाइसँग घुम्ती शिविर पनि आयोजना गरेको छ ।

मन्थली नगरपालिका वडा नं. २ को वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले चालु आर्थिक वर्षमा सञ्चालित योजना, बजेट खर्चको अवस्था तथा सेवा प्रवाहसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले नगरपालिकाले हालसम्म गरेको प्रगति र सञ्चालित कार्यक्रम बारे जानकारी दिएका थिए ।

प्रस्तुत प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि मन्थली नगरपालिकामा चालु खर्चतर्फ ७२ करोड १० लाख ७७ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ३२ करोड ५४ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । पाँच महिनाको अवधिमा कुल विनियोजित बजेटको १८ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिए ।

राजस्व सङ्कलनको अवस्थाबारे जानकारी दिँदै उनले चालु आर्थिक वर्षको पाँच महिनामा १ करोड ५६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा कुल ४ करोड २३ लाख ५५ हजार रुपैँया राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।

कार्यक्रममा नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, वडा अध्यक्षहरू, कर्मचारी, उपभोक्ता समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र योजनासँग सम्बन्धित विभिन्न जिज्ञासा तथा प्रश्न उठाएका थिए।

उठाइएका प्रश्नहरूको जवाफ नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा तथा सम्बन्धित वडा अध्यक्षहरूले दिएका थिए ।

कार्यक्रममा सञ्चालन गरिएको शिविरबाट पशु सेवा अन्तर्गत १ सय ६५ घरधुरीका सेवाग्राहीले सेवा लिएका छन् भने कृषि क्षेत्रतर्फ २ सय २८ जनालाई बिउबिजन वितरण गरिएको छ। स्वास्थ्य सेवातर्फ १ सय ७० जनाले सेवा लिएका छन्, जसमा दाँतसम्बन्धी ३१ जना, आँखासम्बन्धी ८५ जना, स्त्रीरोगसम्बन्धी २३ जना तथा प्रयोगशाला परीक्षणसम्बन्धी ७८ जना सेवाग्राहीले सेवा लिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख लब श्रेष्ठले जनप्रतिनिधि नागरिक सेवामा निरन्तर लागिरहेको बताए । केही कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यो समाचारमा

मन्थली नगरपालिका, रामेछापकाठमाडौँरामेछाप

ट्यागहरू

#मन्थली नगरपालिका#प्रतिनिधि#पत्रकार#रामेछाप#चालु आर्थिक वर्ष २०८२/८३#आयोजना#राजनीतिक दल#सार्वजनिक#कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चुरियामाई र भुटनदेवीसहित हेटौंडाका ऐतिहासिक धार्मिक सम्पदाको विवरण अद्यावधिक गरिँदै

    मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक संघ संस्थाको तथ्यांक अद्यावधिक गर्न सुरु गरेको छ ।उपमहानगर भित्रका मठमन्दिर दर्ता भए-नभएको एवं विद्यमान अवस्थालगायतका विषयमा जानकारी लिने उद्देश्यले तथ्यांक अद्यावधिक गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि अधिकृत भानुभक्त थपलियाले जानकारी दिए ।‘यहाँका विभिन्न मठमन्दिरमा वर्षेनी राज्यको लगानी भैरहेको छ,'

    sajilo patrika

    अदालतमा विचाराधीन मुद्दामा तथ्यबिना बोल्नु गैरजिम्मेवारपूर्ण: खुश्बु ओली

    प्रधानमन्त्री बालेन शाहको 'सीमासम्बन्धी अभिव्यक्ति' संसद्को रेकर्डबाट हटाउन सांसदहरूको माग

    विश्वभर एआईको माग बढ्दा चिनियाँ निर्यातमा उछाल, जुन महिनामा २७ प्रतिशतको वृद्धि

    'ढुंगा बोल्छ, मान्छे बोल्दैन'- प्रधानमन्त्रीको मौनताप्रति सांसद राईको आक्रोश

    भर्खरै

    News Image

    लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

    News Image

    चुरियामाई र भुटनदेवीसहित हेटौंडाका ऐतिहासिक धार्मिक सम्पदाको विवरण अद्यावधिक गरिँदै

    News Image

    अदालतमा विचाराधीन मुद्दामा तथ्यबिना बोल्नु गैरजिम्मेवारपूर्ण: खुश्बु ओली

    News Image

    प्रधानमन्त्री बालेन शाहको 'सीमासम्बन्धी अभिव्यक्ति' संसद्को रेकर्डबाट हटाउन सांसदहरूको माग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू