'ढुंगा बोल्छ, मान्छे बोल्दैन'- प्रधानमन्त्रीको मौनताप्रति सांसद राईको आक्रोश

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

1
Share
Featured
  • सांसद आर्यन राईले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
  • प्रधानमन्त्रीले ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने भनाइ सदनमै फिर्ता लिनुपर्ने उनको भनाइ छ।
  • उनले सरकारमाथि श्रमिक, सुकुमवासी र साना उद्यमीविरोधी नीति अपनाएको आरोप लगाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिएको विवादास्पद अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले यस विषयमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सरकार र संसद् सचिवालयबाट कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस भयो। प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ र यो रोस्ट्रममा बोल्नुभएको रेकर्डबाट हटाउनुपर्छ भनेको यत्रो समय भइसक्यो। बरु ढुंगा बोल्छ, मान्छे बोल्दैन भनेजस्तै भएको छ,’ उनले भने।

राईले प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकाको मेयर रहँदा सामाजिक सञ्जालमार्फत व्यक्त गरेको ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्तिलाई स्मरण गर्दै अहिले प्रधानमन्त्रीको हैसियतमा त्यस्ता अभिव्यक्तिबारे स्पष्ट धारणा राख्नुपर्ने बताए। देशका महत्वपूर्ण संरचना र सार्वभौम संस्थाप्रति जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको उनको भनाइ थियो।

उनले प्रधानमन्त्रीबाट नियतवश नभई भूलवश त्यस्तो अभिव्यक्ति आएको भए पनि संसद्मा उपस्थित भएर त्यसलाई फिर्ता लिनुपर्ने बताए। ‘यदि त्यो नियतबस होइन, बोल्न जाँदा गल्ती भएको हो भने प्रधानमन्त्रीज्यूले यही सदनमा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ,’ राईले भने।

यसका साथै उनले वर्तमान सरकार श्रमिक, सुकुमवासी र साना उद्यमीको हितविपरीत चलेको आरोप लगाए। राज्यका विभिन्न निकायमा कार्यरत करार तथा श्रेणीविहीन कर्मचारीको सुविधाका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न माग गर्दै उनले सरकारले उल्टै नीतिगत भ्रष्टाचार गर्न खोजेको दाबी समेत गरे।

यो समाचारमा

प्रतिनिधि सभाआरेन राईश्रम संस्कृति पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अदालतमा विचाराधीन मुद्दामा तथ्यबिना बोल्नु गैरजिम्मेवारपूर्ण: खुश्बु ओली

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अदालतमा विचाराधीन रहेका विषयहरूमा पर्याप्त अध्ययन र तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छिन्। मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले अपूर्ण र तथ्यहीन कागजातका आधारमा गरिने छलफलले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने भन्दै सचेत गराइन्।ओलीले प्राप्त तथ्य

    Data is loading...

    Loading brands...

    Loading footer...