प्रधानमन्त्री बालेन शाहको 'सीमासम्बन्धी अभिव्यक्ति' संसद्को रेकर्डबाट हटाउन सांसदहरूको माग

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

5
Share
Featured

  1. प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीका समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
  2. बैठकमा सांसदहरूले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति, गणेश नेपालीको आत्मदाह र प्रहरीको व्यवहारबारे गम्भीर चासो व्यक्त गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
  3. सांसदहरूले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, जवाफदेहिता र गरिब तथा सुकुमवासीका हकहित संरक्षणमा सरकार थप संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिँदै सुकुमवासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हुन् ।

सांसद गणेशसिंह ठगुन्नाले सुकुमवासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानर्कषण गराए । साथै उनले प्रधानमन्त्री वालेन्द्र शाहले केही समयअघि सदनमा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।

सांसद रमेशकुमार मल्लले केही दिनअघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीले देखिएको व्यवहार दुःखद् भएको उल्लेख गर्दै अब यस्ता घटना दोहोरिन नदिन सरकारसहित सम्बद्ध सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।

सांसद आरेन राईले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै मुलुकका श्रमिक, गरिब, सुकुमवासीका हकहितका पक्षमा काम गर्न सरकारसँग अनुरोध गरे ।

सांसद ज्ञानबहादुर शाहीले आमनागरिकको बाँच्न पाउने आधार खोसिन नहुने बताउँदै गणेश नेपालीको आत्मदाहलाई रुखो व्यवहारले प्रोत्साहन गरेकाले त्यसमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे ।

सांसद निष्कल राईले लोकतन्त्रको गहना भनेकै जवाफदेहिता र प्रश्न गर्ने अधिकार रहेको बताउँदै जनताको अभिव्यक्ति स्वतन्त्रतामा कुनै किसिमको बन्देज लगाउन नपाइने उल्लेख गरे । उनले एउटा नागरिकले आफ्नो ज्यान गुमाउन बाध्य हुनुपर्ने घटनाका बारेमा सरकार संवेदनशील हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डोटीदेखि कालिकोटसम्म पहिरोको वितण्डा, प्रकोप न्यूनीकरणको कार्ययोजना ल्याउन सांसदहरूको माग

    काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा भाग लिने सांसदहरूले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिई जनताको जीउधनको रक्षा गर्न सरकारसँग माग गरे ।सांसद करिश्मा कठरियाले डोटीको सायाल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यवस्थत भएको तथा उद्धारकार्य जारी रहे पनि प्रकोपको जोखिम उच्च रहेको उल्लेख गर्दै प्रभावित परिवारलाई सुरक्षित स्थानमा

    Data is loading...

    Loading brands...

    Loading footer...