एक दशकदेखि बन्द पशुपतिको पश्चिमी बाहिरी ढोका खुल्यो

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

17
Share
Featured
  • करिब एक दशकपछि पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गौशाला मूल सडकसँग जोडिएको पश्चिमी बाहिरी ढोका सर्वसाधारणका लागि आजदेखि खुला गरिएको छ।
  • सम्पदा बचाउ अभियानकर्मीको अनुरोधपछि पशुपति क्षेत्र विकास कोषले ढोका खोल्ने निर्णय गरेको हो।
  • ढोका खुला भएपछि दर्शनार्थीहरूको मन्दिर प्रवेश अझ सहज हुने विश्वास गरिएको छ; अभियानकर्मी रायमाझीले यसअघि मन्दिरभित्रको फलामको रेलिङ हटाउन पनि भूमिका खेलेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गौशाला मूल सडकसँग जोडिएको पश्चिमी बाहिरी ढोका करिब एक दशकपछि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । सम्पदा बचाउ अभियानकर्मीहरूको अनुरोधपछि पशुपति क्षेत्र विकास कोषले उक्त ढोका खोल्ने निर्णय गरेको हो ।

अभियानकर्मी प्रकाश रायमाझी नेतृत्वको टोलीले आज कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटेर प्रहरी वृत्त गौशालासँगै रहेको उक्त ढोका खोल्न आग्रह गरेको थियो । अनुरोध लगत्तै कोषले ढोका खुला गरेको हो ।

लामो समयदेखि बन्द रहेको यो ढोका खुलेसँगै दर्शनार्थीहरूलाई मन्दिर प्रवेशमा थप सहज हुने विश्वास गरिएको छ । यसअघि अभियानकर्मी रायमाझीले पशुपतिनाथ मूल मन्दिरभित्रको फलामको रेलिङ हटाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो समाचारमा

पशुपतिनाथ मन्दिरकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...