स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

20
Share
Featured
  • निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र सचेत मतदान प्रवर्द्धन गर्न सामाजिक अध्ययन शिक्षक लक्षित नयाँ निर्वाचन शिक्षा स्रोत पुस्तिका सार्वजनिक गरेको छ।
  • पुस्तिकामा लोकतन्त्र, संविधान, निर्वाचन प्रक्रिया, मतगणना, नोटा, आचारसंहिता र सरोकारवालाको भूमिकाबारे सामग्री समेटिएको छ।
  • विद्यालय तहबाटै निर्वाचन शिक्षा बलियो बनाई दीर्घकालीन रूपमा सचेत मतदाता तयार गर्ने आयोगको अपेक्षा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वतन्त्र, निष्पक्ष र सचेत मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले सामाजिक अध्ययन शिक्षकलाई लक्षित गर्दै नयाँ निर्वाचन शिक्षा स्रोत पुस्तिका सार्वजनिक गरेको छ ।

‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित तयार गरिएको निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

नागरिकमा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको उक्त पुस्तिकामा शिक्षकको भूमिका विशेष रूपमा समेटिएको छ। पुस्तिकाले विद्यालय तहबाटै लोकतन्त्र, संविधान, निर्वाचन प्रणाली र नागरिक कर्तव्यबारे विद्यार्थीलाई व्यवस्थित रूपमा बुझाउने आधार तयार गर्ने आयोगको विश्वास छ।

सात परिच्छेदमा विभाजित स्रोत सामग्रीमा लोकतन्त्र र संविधानदेखि निर्वाचन चक्र, मतगणना, नोटा (नो भोट), निर्वाचन आचारसंहिता, कानुनी व्यवस्था तथा निर्वाचन प्रक्रियामा सरोकारवालाको भूमिकासम्मका विषय समेटिएका छन्।

विशेषगरी अन्तिम परिच्छेदमा शिक्षकले निर्वाचन शिक्षा र सूचना प्रवाहमा खेल्ने भूमिकालाई स्पष्ट गर्दै विद्यार्थीलाई निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणमार्फत व्यवहारिक ज्ञान दिन सकिने व्यवस्था उल्लेख गरिएको छ।

आयोगका अनुसार यस स्रोत पुस्तिकाले दीर्घकालीन रूपमा सचेत मतदाता उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...