नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन भृकुटीमण्डपमा मतदान जारी

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

22
Share
Featured
  • मतदान प्रक्रिया जारी: नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन भृकुटीमण्डपमा मतदान भइरहेको छ, जहाँ प्रतिनिधिहरू लामो लाइनमा बसेका छन्।
  • मत माग्ने चहलपहल: उम्मेदवार तथा केन्द्रीय सदस्यहरू लाइनमै एकअर्कालाई चिनाउँदै र फरक–फरक शैलीमा मत मागिरहेका छन्।
  • शान्त र व्यवस्थित महाधिवेशन: प्राविधिक कारणले ढिलो सुरु भएको मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको र महाधिवेशन समग्रमा व्यवस्थित रहेको नेताहरूले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको पाँचौँ दिन आज भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू लामो लाइनमा बसेका छन् ।

मतदान गर्न बाहिरैदेखि लामो लाइनमा बसेका प्रतिनिधि तथा उम्मेदवारहरू एक अर्कालाई चिनाउँदै भोट मागिरहेका देखिन्छन् । महाधिवेशनमा सहभागी एमाले नेता ठाकुर प्रसाद गैरेले प्राविधिक कारणले हिजो बेलुकै हुनुपर्ने मतदान आजबाट सुरु भएको जानकारी दिएका छन् ।

त्यस्तै, लाइनमै बसेका केन्द्रीय कमिटी सदस्य तथा महाधिवेशन प्रतिनिधि तुलसी प्रसाद न्यौपानेले फरक शैलीमा मत मागिरहेका छन्। उनले केन्द्रीय कमिटी सदस्य पदका लागि पुनः मत मागेको बताएका छन् । अर्का प्रतिनिधि अफिलाल उखेडाले पनि पार्टीका केन्द्रीय सदस्यहरूले आफैं मत मागिरहेको जानकारी दिए ।

महाधिवेशनलाई महाकुम्भ मेलासँग तुलना गर्दै यस अवसरमा सबैले सक्रिय सहभागिता जनाउनुपर्ने प्रतिनिधिहरूको भनाइ छ। महाधिवेशन प्रतिनिधि महेन्द्रदेव श्रेष्ठले एमालेको महाधिवेशन शान्तिपूर्ण रूपमा भइरहेको बताए ।

यसरी नेकपा एमालेको ११औँ महाधिवेशन व्यवस्थित र शान्त वातावरणमा सम्पन्न भइरहेको पार्टीले जानकारी दिएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...