एमाले अध्यक्ष पदमा ओली ‘भर्सेस’ पोखरेल,उपाध्यक्षमा ११ जनाले उमेदवारी दर्ता

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

30
Share
Featured

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा खड्गप्रसाद शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत सोमबार प्रकाशित उमेदवारको प्रारम्भिक नामावलीअनुसार, १९ पदाधिकारीमा ४२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार, पाँचजनाको उपाध्यक्षमा ११ जनाले उमेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वी सुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा, डा. बिन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उमेदवारी छ ।  महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उमेदवार छन् । 

उपमहासचिव तीनजनामा सातजनाको उमदेवारी परेको छ । आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरीले उपमहासचिवमा उमेदवारी दिएका छन् । 

त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी,गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उमेदवारी परेको छ । सचिव नौजनामा २० जनाको उमेदवारी परेको हो ।

यो समाचारमा

शंकर पोखरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)पृथ्वी सुब्बा गुरुङछविलाल विश्वकर्मा
रघुजी पन्त10 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...