नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

51
Share
Featured
  • नेप्से सोमबार ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा पुगेको छ, सेन्सेटिभ र फ्लोट इन्डेक्स पनि सानो उकालो लागेको छ।
  • कारोबार रकम घटेर ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ पुगेको छ, ३२९ स्टकको ५६,१२२ पटक किनबेच भएको थियो।
  • स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपाल सकारात्मक सर्किटमा पुगे, श्वेतगंगा हाइड्रोपावरको शेयर मूल्य ८.५% बढ्यो।
  • हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ६.९५% घट्यो, वित्त उपसमूह करिब १% बढ्दा होटल, पर्यटन र अन्य उपसमूह घटेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ भने कारोबार रक मभने घटेको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से यस दिन भने ६.७४ अंकले बढ्दै २६०१.६१ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स २.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले उकालो लागेको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार ३२९ स्टकको ५६ हजार १२२ पटकको कारोबारमार्फत ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको ७७ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर मूल्य अधिकतम वृद्धि हुँदै सकारात्मक सर्किटमा पुगेको हो । त्यस्तै, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

घट्ने स्टकतर्फ हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशतले घटेको छ भने अन्य घट्ने स्टकहरूको मूल्य गिरावट ४.५ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंकको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ भने नेपाल एसबिआई बैंकको करिब साढे १३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये सोमबार ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूह करिब १ प्रतिशतले बढेको छ । यद्यपि होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...